राप्ती समाज दक्षिण कोरियाले यही अक्टोबर २४ मा भव्य दशैं मिलन कार्यक्रम गर्ने

दक्षिण कोरियामा सक्रिय राप्ती समाज दक्षिण कोरियाले नेपालीहरूको महान् पर्व बडादशैं २०८३ को अवसरमा आगामी अक्टोबर २४ तारिख शनिबार भव्य दशैं मिलन कार्यक्रम आयोजना गर्ने भएको छ ।

प्रवासमा रहेर पनि नेपाली कला, संस्कृति, परम्परा तथा चाडपर्वको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त कार्यक्रममा टीका–जमरा ग्रहण तथा शुभकामना आदानप्रदान गरिने समाजका अध्यक्ष किसन वलीले जानकारी गराए ।

नेपाली समुदायबीच आपसी भाइचारा, सद्भाव र एकतालाई थप मजबुत बनाउँदै परदेशमा पनि घरदेशको झल्को दिने लक्ष्यसहित कार्यक्रम आयोजना गर्न लागिएको र नेपाली मौलिक संस्कृति र परम्परालाई निरन्तरता दिँदै प्रवासमा रहेका नेपालीहरूलाई एउटै थलोमा भेला गराउने कार्यक्रमले सामाजिक सम्बन्ध विस्तारमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको समाजका महासचिव अर्जुन केसीले बताए ।

अक्टोबर २४ शनिबार साँझ ६ बजेदेखि शुरु हुने दक्षिण कोरियाको सुवनस्थित Woori Himalayan Restaurant Hall मा कार्यक्रम सञ्चालन हुने जानकारी समाजका पूर्वाध्यक्ष अमृत केसीले स्पष्ट पारे । समाजले दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण राप्तीवासी तथा नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई दशैंको खुसी साटासाट गर्न हार्दिक निमन्त्रणा गरेको छ ।

समाजले बडादशैंको पावन अवसरमा सम्पूर्ण राप्तीवासी तथा नेपालीहरूमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल बनाउन सबैको साथ, सहयोग र उपस्थितिको अपेक्षा गरेको छ ।

कार्यक्रम विवरण

मिति: २४ अक्टोबर २०२६, शनिबार

समय: साँझ ६ बजे देखि 

स्थान: Woori Himalayan Restaurant Hall, तेस्रो तला

ठेगाना: 경기도 수원시 팔달구 매산로 1길 16-10 (सुवन स्टेसन,

गेट नं. ११)

 

 

 

प्रतिकृया दिनुहोस

कोरियामा बहुप्रतिक्षित चलचित्र कबड्डी ५ को चर्चा, भव्य प्रदर्शनको लागि बुकिङ खुल्ला

दक्षिण कोरियामा नेपाली चलचित्र प्रेमी माझ नेपाली कथानक चलचित्र "कबड्डी ५"अफ्टर दि फाइनल म्याच’ को चर्चा बढ्न थालेको छ । बहुप्रतिक्षित उक्त

गण्डकी प्रदेश समाज दक्षिण कोरियाको दशैं–तिहार तथा छठ कार्यक्रमको तयारी पूरा

दक्षिण कोरियामा नेपाली कला, संस्कृति र परम्पराको संरक्षण गर्दै आपसी एकता र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले गण्डकी प्रदेश समाज दक्षिण कोरियाले

गत वर्षकै बिरासत कायम, गुरुङ गहना घरको रक्तदानमा ११४ युनिट रगत संकलन

पोखरा, २५ असोज । गुरुङ गहना घर प्रालिले आफ्नो पाँचौँ वार्षिकोत्सव तथा घटस्थापनाको अवसरमा पोखरामा आयोजना गरेको खुला रक्तदान कार्यक्रममा ११४ युनिट रगत

↑