पोखरामा `ल्हु ल्होसार´ मनाउने सम्बन्धमा तमु प्ये ल्हु संघको संयुक्त बैठक, विभिन्न उपसमितिहरु गठन
१६ कार्तिक २०८३, पोखरा ।
तमु प्ये ल्हु संघ केन्द्रीय समितिको आयोजनामा आज २०८३ कार्तिक १६ गते `ल्हु ल्होसार´ मनाउने सम्बन्धमा बसेको संयुक्त बैठक केन्द्रीय अध्यक्ष हितकाजी टुक्ल्हेप्री तमुको अध्यक्षतामा सम्पन्न भएको छ ।
हरेक वर्ष झैं यो वर्षको पुस १५ अर्थात तमु ल्हु ल्होसार (भेंडा वर्ग) को अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरी ल्होसार मनाउने सम्बन्धमा विविध प्रस्तावहरुमाथि छलफल गरी कार्य विभाजन तथा जिम्मेवारी बाँडफाँड गरिएको हो ।
बैठकमा केन्द्रीय समिति, केन्द्रीय भातृ संगठनहरु (युवा, महिला, पच्यु, क्ल्हेप्री, वोनलम, पैंडी) गण्डकी प्रदेश समिति, जिल्ला समिति कास्की, जिल्ला महिला समिति कास्की र जिल्ला युवा समिति कास्कीको संयुक्त उपस्थिति रहेका थिए ।
आज कार्तिक १६ गते तमु प्ये ल्हु संघ केन्द्रीय समितिसँग संयुक्तरूपमा बसेको बैठकद्वारा निम्न शिर्षकमा `ल्हु ल्होसार´ मनाउन उपसमिति र जिम्मेवारीसहित कार्य बाँडफाँड गरिएको छ ।
१) तमु प्ये ल्हु संघको स्वागतद्वार, गेट र बाटोको रंगरोगन गर्ने सम्बन्धमा निवर्तमान अध्यक्ष एवं सल्लाहकार संयोजक ओम बहादुर थिम्जे तमुको संयोजकत्वमा गरिने निर्णय भएको छ ।
२) क्होइबो परिसरको सरसफाइमा क्होला दीप तमु समाज, पोखरालाई जिम्मेवारी दिने निर्णय गरिएको छ ।
३) ल्होसार प्रचारप्रसार केन्द्रीय सदस्य एवं प्रचारप्रसार संयोजक मोम प्रसाद क्रोम्छें तमु (मिलन) लगायत (प्रत्येक समितिका प्रचारप्रसार संयोजकहरु)
४) मञ्च सजावट र बत्ती व्यवस्थापन संयोजक केन्द्रीय उपमहासचिव बम बहादुर टुक्ल्हेप्री तमु
५) छ्या ल्हु ताँ प्रकाशन, स्टेज निर्माण र साउण्ड सिस्टम व्यवस्थापन उपसमितिका संयोजक केन्द्रीय उपाध्यक्ष हर्क बहादुर योज तमुले गरिने निर्णय गरिएको छ ।
६) टेण्ट व्यवस्थापन केन्द्रीय सचिव शेखर ल्हेंगे तमु
७) नौ सर नौ गाँठो रुपा बनाउने (१५ हजार गोटा) केन्द्रीय महिला समिति
८) सात सर सात गाँठो रुपा बनाउने (१५ हजार गोटा) जिल्ला महिला समिति कास्की
९) स्टेज सजावट, अन्तर समाज खेलकुद र स्यो कैं व्यवस्थापन जिल्ला समिति कास्की
१०) मनोरञ्जन (गायन र नृत्य) केन्द्रीय युवा समिति र जिल्ला युवा समिति कास्की
११) १४ गतेको राति मे पिबै त्हें (वोन फायर) व्यवस्थापन जिल्ला समिति कास्की (सहभागी सबै)
१२) छ्योप त्हें संयोजक केन्द्रीय सहकोषाध्यक्ष कुल प्रसाद क्रोम्छें तमु
१२) थासो त्हें संयोजक केन्द्रीय सदस्य क्या. लोक कृष्ण क्होला तमु
१४) छैखु ह्योंखु त्हें संयोजक केन्द्रीय वरिष्ठ उपाध्यक्ष एकजंग प्ल्हें तमु
१५) क्होइबो भित्रको व्यवस्थापनमा केन्द्रीय समितिका महिलाहरू
१६) रुपा लगाउने व्यवस्थापनमा केन्द्रीय महिला समिति
१७) बत्ती बाल्ने व्यवस्थापनमा जिल्ला महिला समिती
१८) तमु भाषिक खुल्ला नृत्य, रक्तदान र चित्रकला व्यवस्थापनमा केन्द्रीय युवा समिति
१९) स्वयंसेवक व्यवस्थापन तथा परिचालन संयोजक केन्द्रीय सदस्य युद्दजंग प्हच्यु तमु
२०) पार्किङ व्यवस्थापन - गण्डकी प्रदेश समितिलाई जिम्मेवारी दिएको छ ।
ल्हु ल्होसार मुल आयोजक समितिका अनुसार पोखरामा अवस्थित क्षेत्रिय तमु समाजहरुसँग र तमु प्ये ल्हु संघ परिवार, पोखराबीच यहि कार्तिक २८ गते पुनः संयुक्त बैठक बसेर ल्होसार सम्बन्धमा बृहत छलफल गरिने भएको छ ।।
सनैयामा हाम्रो नुवाकोट,हामी नुवाकोटे गीतको अडियो तथा भिडियो प्रदर्शन कार्यक्रम सम्पन्न
कतार । नुवाकोट सेवा समाज दोहा,कतारको आयोजनामा नेपालीहरुको महान पर्व विजया दशमी तथा शुभ दीपावलीको शुभ अवसरमा"सेवा नै धर्म हो"भन्ने मुल नाराकासाथ
छतिवन श्रीपुरका २ सय ७१ जना विद्यार्थीलाई न्यानो कपडा,शैक्षिक सामग्री र ज्यामितिबक्स वितरण
मकवानपुर । बकैया गाउँपालिका वडा नं.५ श्रीपुरस्थित श्री प्रभात माद्यमिक विद्यालयमा अध्ययनरत २ सय ७१ जना विद्यार्थीहरुलाई पूर्वघोषित
भँडौराका ९० जना विद्यार्थीलाई शैक्षिक सामग्री तथा ज्यामितिबक्स वितरण
मकवानपुर । बकैया गाउँपालिका वडा नं.५ भँडौरास्थित श्री किसान जागरुक सिद्धार्थ आधारभूत विद्यालयमा अध्ययनरत ९० जना विद्यार्थीहरुलाई दैनिक विद्यालय



प्रतिकृया दिनुहोस