अन्याङ नेपाली समाज उल्सान कोरियाले यही सेप्टेम्बर २६ र २७ तारिक छैठौं बनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्ने
कोरिया स्थित अन्याङ नेपाली समाज उल्सानले यही सेप्टेम्बर २६ र २७ तारिक छैठौं बनभोज तथा भेटघाट कार्यक्रम २०२६ आयोजना गर्ने भएको छ । संस्थाले आकर्षक लक्की ड्र कार्यक्रम साथै विविध मनोरञ्जनात्मक खेलकूद तथा सांस्कृतिक कार्यक्रम मिऱ्याङ स्थित [경상남도 밀양시 부북면 위양2길 114] मा सो कार्यक्रमको आयोजना गर्ने भएको हो ।
कोरियामा रहेर विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा आबद्ध नेपाली दाजुभाई तथा दिदीबहिनीहरु विचको आत्मीयता र एकता अभिबृद्धि गर्ने अभिप्रायले कोरियन महान् पर्व छुसकको अवसर पारेर उक्त दुई दिने बनभोज कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष कमल कार्कीले जानकारी दिए ।
संस्थालाई थप चलायमान गराउनुका साथै वर्षेनी नियमित कार्यक्रमको रुपमा आयोजना गर्दै आईरहेको बनभोज कार्यक्रमलाई निरन्तरता दिँदै यसपटकको कार्यक्रम पनि मनोरम दृश्य अवलोकनसँगै सुविधा सम्पन्न बनभोज स्थल छनौट गरिएकोले ब्यापक सहभागिता हुने आयोजक समाजका संरक्षक गितासिंह गुरुङले विश्वास व्यक्त गरे ।
अन्याङ नेपाली समाज उल्सान दक्षिण कोरियाद्धारा आयोजना हुने उक्त छैठौं बनभोज तथा भेटघाट कार्यक्रम २०२६ मा सहभागी शुल्क स्वरुप पुरुषलाई १ लाख १० हजार, विद्यार्थी/महिलालाई १ लाख र जोडी (couple) प्याकेजको रुपमा २ लाख कोरियन वोन निर्धारण गरिएको र कार्यक्रम स्थलसम्म निःशुल्क यातायातको व्यवस्था समेत रहेको समाजका पूर्वाध्यक्ष भुवन राक्क्ष्यले जानकारी दिए । उक्त कार्यक्रममा सहभागिता जनाई सफल बनाइदिनुहुन हार्दिक अपिलका साथै ब्यानरमा उल्लेखित सम्बन्धित व्यक्तिहरुलाई यथाशीघ्र नाम टिपाई आफ्नो सीट सुरक्षित गर्नुहुन ईच्छुक सम्पूर्णमा आयोजकले अनुरोध समेत गरेको छ ।
कार्यक्रम तपसिल :
मिति : २०२६ सेप्टेम्बर २६ र २७ तारिक
स्थान : [경상남도 밀양시 부북면 위양2길 114]
सम्पर्क व्यक्ति र फोन नम्बर :
गितासिंह गुरुङ 010-7487-0738
कमल कार्की 010-7487-0738
जन्नत लामा 010-6448-5575
रन्जन लिम्बु 010-6448-5575
जय थापा 010-2525-4332
भुवन राक्क्ष्य 010-6447-7685
गणेश भट्ट 010-6627-9848
शिव परियार 010-6627-9848
विरेन लामा 010-4491-8802
मदन अर्घाली 010-9154-8855
आर्टिष्ट अफ नेपाल राष्ट्रिय कला सम्मानबाट सगरमाथा आरोही छिरिङ शेर्पा सम्मानित
काठमाडौं । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा म्युजिक खबरको आयोजनामा पाँचौं म्युजिक खबर तीज म्युजिक अवार्ड–२०८३ अन्तर्गत “तीज
नेपाली महिला समाज ओमानद्धारा बाढीपहिरो पीडितलाई आर्थिक सहयोग
ओमान । प्रवासी नेपाली महिला दिदिबहिनीहरुको साझा संस्था नेपाली महिला समूह ओमानको भेट्घाट,सम्मान तथा बाढीपहिरो पीडितहरुका लागि आर्थिक सहयोग रकम संकलन
तमु धीं दक्षिण कोरियाको वार्षिक साधारण सभा यही सेप्टेम्बर २४ मा हुने
कोरिया स्थित अति सक्रिय जातीय संस्था तमु धींले यही सेप्टेम्बर २४ तारिक छुसकको विदा पारेर वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । संस्थाको तेह्रौं







प्रतिकृया दिनुहोस