पोखरामा भारतीय भूतपूर्व सैनिक २/९ गोर्खा राइफल एसोसिएसनद्वारा बाढी पीडितका लागि २ लाख ५१ हजार सहयोग

पोखरा । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि भारतीय भूतपूर्व सैनिक २/९ गोर्खा राइफल एसोसिएसन, गण्डकी प्रदेश परिवारले २ लाख ५१ हजार ५ सय ६८ रुपैयाँ आर्थिक सहयोग गरेको छ। एसोसिएसनका अध्यक्ष सुबेदार चित्रबहादुर मल्लको अध्यक्षतामा बसेको बैठकले बाढी पीडितको राहत तथा उद्धारका लागि सहयोग रकम संकलन गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार एसोसिएसनका सदस्य तथा शुभेच्छुकहरूबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। विपद्को पीडामा रहेका नागरिकलाई राहत पुगोस् भन्ने उद्देश्यले आफ्नो तहबाट सहयोग जुटाई सरकारको राहत कोषमा रकम हस्तान्तरण गरिएको एसोसिएसनले जनाएको छ। अध्यक्ष मल्लले ‘जय गोर्खा, जय नेपाल’ भन्दै सहयोग रकमभन्दा त्यस पछाडिको मानवीय भावना महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “सहयोग रकम सानो भए पनि हाम्रो भावना ठूलो हो। यस पुण्य कार्यमा मन, वचन र कर्मले आर्थिक सहयोग गर्न पाउँदा आफूलाई पनि गर्व लागेको छ।” उहाँले भोटेकोशी बाढीमा ज्यान गुमाउने सम्पूर्ण दिवंगत आत्माप्रति चिर शान्तिको कामना गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो। साथै बाढीबाट प्रभावित नागरिकको जनजीवनलाई यथाशीघ्र सामान्य अवस्थामा फर्काउन राहत, उद्धार तथा पुनःस्थापनाका कार्यलाई थप प्रभावकारी र तीव्र रूपमा अघि बढाउन सरकारसँग आग्रह गर्नुभयो। विपद्को समयमा पीडित नागरिकको साथमा उभिँदै एसोसिएसनले गरेको सहयोगले मानवीय सेवाप्रतिको जिम्मेवारी र सामाजिक उत्तरदायित्वको भावनालाई समेत प्रतिबिम्बित गरेको छ।

प्रतिकृया दिनुहोस

ठेचो सक्रिय महिला समूहद्धारा बाढीपहिरो पीडितलाई आर्थिक सहयोग

ललितपुर । गोदावरी नगरपालिका वडा नं.१२ ठेचोस्थित ठेचो सक्रिय महिला समूहद्धारा गत भाद्र १० गते बुधबार रसुवाको भोटेकोसीमा आएको बाढी पहिरोबाट पीडित

ठूलाचौंरका ७० जना विद्यार्थीहरुलाई ज्यामितिबक्स वितरण सम्पन्न

काभ्रे । बेथानचोक गाउँपालिका वडा नं.३ ढुंखर्क,ठूलाचौंरस्थित श्री बेथानचोक नारायण आधारभूत विद्यालयमा अध्ययनरत ७० जना विद्यार्थीहरुलाई दैनिक

बोल्देका ३४ जना विद्यार्थीलाई ज्यामितिबक्स वितरण

काभ्रे । बेथानचोक गाउँपालिका वडा नं.३ ढुंखर्क,बोल्देस्थित श्री गोरखनाथ प्राथमिक विद्यालयमा अध्ययनरत ३४ जना विद्यार्थीहरुलाई दैनिक विद्यालय आउने