बोल्देका ३४ जना विद्यार्थीलाई ज्यामितिबक्स वितरण

काभ्रे । बेथानचोक गाउँपालिका वडा नं.३ ढुंखर्क,बोल्देस्थित श्री गोरखनाथ प्राथमिक विद्यालयमा अध्ययनरत ३४ जना विद्यार्थीहरुलाई दैनिक विद्यालय आउने वातावरण बनाउने उद्धेश्यले"स्कुल नै भविष्यको आधार हो"भन्ने मुल नाराकासाथ लोकेश्वर मिडिया सर्भिस,पुतलीसडक,काठमाडौंको संयोजनमा दक्षिण कोरियामा कार्यरत समाजसेवी रामबहादुर थिङ तामाङको व्यक्तिगत आर्थिक सहयोगमा बुधबार ज्यामितिबक्स र कार्यरत शिक्षक कर्मचारी ७ जनालाई सल,गलबन्दी वितरण समारोह सम्पन्न भएको छ ।

विद्यालयका शिक्षक शुक्र तामाङकानुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर तामाङको सभाध्यक्षतामा बेथानचोक गाउँपालिका कार्यपालिका सदस्य,महिला वडा सदस्य चरीमाया थिङ तामाङको प्रमुख आतिथ्यमा विद्यार्थीलाई ज्यामितिबक्स र लोकेश्वर मिडिया सर्भिसका प्रबन्ध निर्देशक श्याम तामाङले कार्यरत शिक्षक,कर्मचारीहरुलाई सल,गलबन्दी वितरण गरेको बताएका छन् ।

समारोहमा अभिभावक,शिक्षक,कर्मचारी,विद्यार्थीहरु सहभागिता रहेको थियो ।

लोकेश्वर मिडिया सर्भिसले उक्त विद्यालयमा विद्यार्थीहरुलाई ट्र्याकसुट,स्टेशनरी र ज्यामितिबक्स वितरण समारोह गरि हालसम्ममा तीन वटा विद्यार्थीमुखी शैक्षिक अभियान अन्तर्गत समारोह सम्पन्न भएको प्रबन्ध निर्देशकले तामाङले बताउनु भएको छ ।

प्रतिकृया दिनुहोस

ठेचो सक्रिय महिला समूहद्धारा बाढीपहिरो पीडितलाई आर्थिक सहयोग

ललितपुर । गोदावरी नगरपालिका वडा नं.१२ ठेचोस्थित ठेचो सक्रिय महिला समूहद्धारा गत भाद्र १० गते बुधबार रसुवाको भोटेकोसीमा आएको बाढी पहिरोबाट पीडित

ठूलाचौंरका ७० जना विद्यार्थीहरुलाई ज्यामितिबक्स वितरण सम्पन्न

काभ्रे । बेथानचोक गाउँपालिका वडा नं.३ ढुंखर्क,ठूलाचौंरस्थित श्री बेथानचोक नारायण आधारभूत विद्यालयमा अध्ययनरत ७० जना विद्यार्थीहरुलाई दैनिक

कुमुदिनी होम्सद्वारा बाढीपीडितलाई राहत

२४,भदौ पोखरा । पोखरा महानगरपालिका वडा नं.४ मा रहेको यस क्षेत्रकै प्रतिष्ठित शैक्षिक संस्था कुमुदिनी माध्यमिक  विद्यालयले भदौ १० मा आएको विनाशकारी