कुमुदिनी होम्सद्वारा बाढीपीडितलाई राहत
२४,भदौ
पोखरा ।
पोखरा महानगरपालिका वडा नं.४ मा रहेको यस क्षेत्रकै प्रतिष्ठित शैक्षिक संस्था कुमुदिनी माध्यमिक विद्यालयले भदौ १० मा आएको विनाशकारी भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितका लागि सामाजिक उत्तरदायित्व वहन गर्दै २ लाख ५५ हजार १ सय ७२ रुपैयाँ सहयोग गरेको छ । विद्यालय परिवारले सङ्कलन गरेको रकम प्रधानमन्त्री दैवीप्रकोप कोषमा जम्मा गर्नका लागि प्याब्सन कास्कीका अध्यक्षलाई हस्तान्तरण गरेको हो ।
विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी र प्रशासनको तर्फबाट आर्थिक रकम जुटाइएको हो । विद्यार्थीहरुबाट ५१ हजार ४ सय ७५ रुपियाँ सङ्कलन भएको छ । शिक्षक र कर्मचारीहरुले ९२ हजार ५ सय ८६ रुपैयाँ योगदान गरेका छन् । विद्यालय प्रशासनका तर्फबाट १ लाख ११ हजार १ सय ११ रुपैयाँ थप गरी जम्मा २ लाख ५५ हजार १ सय ७२ रुपैयाँ राहतस्वरूप हस्तान्तरण गरिएको हो । यस अघि नै विद्यालयमा क्रियाशील आर.यू. क्लब र कला कर्म क्लबको सक्रियतामा सङ्कलित लत्ताकपडा पोखरा महानगरपालिकालाई हस्तान्तरण गरिसकेको कुरा शिक्षक दिपेन्द्र थापा मगरले बताए ।
ठेचो सक्रिय महिला समूहद्धारा बाढीपहिरो पीडितलाई आर्थिक सहयोग
ललितपुर । गोदावरी नगरपालिका वडा नं.१२ ठेचोस्थित ठेचो सक्रिय महिला समूहद्धारा गत भाद्र १० गते बुधबार रसुवाको भोटेकोसीमा आएको बाढी पहिरोबाट पीडित
ठूलाचौंरका ७० जना विद्यार्थीहरुलाई ज्यामितिबक्स वितरण सम्पन्न
काभ्रे । बेथानचोक गाउँपालिका वडा नं.३ ढुंखर्क,ठूलाचौंरस्थित श्री बेथानचोक नारायण आधारभूत विद्यालयमा अध्ययनरत ७० जना विद्यार्थीहरुलाई दैनिक
बोल्देका ३४ जना विद्यार्थीलाई ज्यामितिबक्स वितरण
काभ्रे । बेथानचोक गाउँपालिका वडा नं.३ ढुंखर्क,बोल्देस्थित श्री गोरखनाथ प्राथमिक विद्यालयमा अध्ययनरत ३४ जना विद्यार्थीहरुलाई दैनिक विद्यालय आउने







प्रतिकृया दिनुहोस