महाङकालस्थानमा १ सय ४० जना विद्यार्थीलाई ज्यामिति बक्स वितरण सम्पन्न
काभ्रे । बेथानचोक गाउँपालिका वडा नं.३ ढुंखर्क,महाङकालस्थानस्थित श्री कृष्ण गोपाल माद्यमिक विद्यालयमा अध्ययनरत १ सय ४० जना विद्यार्थीहरुलाई दैनिक विद्यालय आउने वातावरण बनाउने उद्धेश्यले"स्कुल नै भविष्यको आधार हो"भन्ने मुल नाराकासाथ लोकेश्वर मिडिया सर्भिस,पुतलीसडक,काठमाडौंको संयोजनमा सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका वडा नं.३ बाफलका वडाध्यक्ष मानबहादुर ग्याबा तामाङ,तामाङ समाज पोर्तुगलका अध्यक्ष कुमारसिंह बल तामाङ र तामाङ समाज युएई क्षेत्रीय समिति दुबईका सहकोषाध्यक्ष नवराज तितुङ तामाङको व्यक्तिगत आर्थिक सहयोगमा पूर्व घोषित कार्यक्रमनुसार बिहीबार ज्यामिति बक्स तथा कार्यरत शिक्षक,कर्मचारी १७ जनालाई सल,गलबन्दी वितरण समारोह सम्पन्न भएको छ । विद्यालयका प्रधानाध्यापक ओमप्रसाद तिमल्सिनाको सभाध्यक्षतामा वडा सदस्यद्धय बासु तिमल्सिना र बलराम बजगाई बजगाईको विशेष आतिथ्यमा विद्यार्थीहरुलाई ज्यामिति बक्स र कार्यरत शिक्षक कर्मचारीहरुलाई लोकेश्वर मिडिया सर्भिसका प्रबन्ध निर्देशक श्याम तामाङले सल,गलबन्दी वितरण गर्नु भएको थियो । विद्यालयका शिक्षक एम.पि.सापकोटाले स्वागत मन्तव्य,कार्यक्रम संचालन रञ्जन तामाङले गर्नु भएको सो समारोहमा शिक्षक,कर्मचारी,विद्यार्थीहरुको सहभागिता रहेका थिए । लोकेश्वर मिडिया सर्भिसले विगत ६ वर्षदेखि काभ्रे जिल्लाको चौरी देउराली गाउँपालिका २ वटा,खानीखोला गाउँपालिका १ वटा,पनौती नगरपालिकामा ५ वटा र बेथानचोक गाउँपालिकामा २४ वटा गरि ३२ वटा विद्यालयहरुमा स्टेशनरी,झोला,जुत्तामोजा,ट्र्याकसुट,न्यानो कपडा, ज्यामितिबक्स विद्यार्थीहरुलाई क्रमिक रुपमा प्रदान गर्दै आई रहेको र यस श्री कृष्ण गोपाल माद्यमिक विद्यालयमा स्टेशनरी,ज्यामितिबक्स समारोह गरि दुई वटा औपचारिक समारोह सम्पन्न भएको प्रबन्ध निर्देशक तामाङले जनाएका छन् ।
ठेचो सक्रिय महिला समूहद्धारा बाढीपहिरो पीडितलाई आर्थिक सहयोग
ललितपुर । गोदावरी नगरपालिका वडा नं.१२ ठेचोस्थित ठेचो सक्रिय महिला समूहद्धारा गत भाद्र १० गते बुधबार रसुवाको भोटेकोसीमा आएको बाढी पहिरोबाट पीडित
ठूलाचौंरका ७० जना विद्यार्थीहरुलाई ज्यामितिबक्स वितरण सम्पन्न
काभ्रे । बेथानचोक गाउँपालिका वडा नं.३ ढुंखर्क,ठूलाचौंरस्थित श्री बेथानचोक नारायण आधारभूत विद्यालयमा अध्ययनरत ७० जना विद्यार्थीहरुलाई दैनिक
बोल्देका ३४ जना विद्यार्थीलाई ज्यामितिबक्स वितरण
काभ्रे । बेथानचोक गाउँपालिका वडा नं.३ ढुंखर्क,बोल्देस्थित श्री गोरखनाथ प्राथमिक विद्यालयमा अध्ययनरत ३४ जना विद्यार्थीहरुलाई दैनिक विद्यालय आउने







प्रतिकृया दिनुहोस