तमु कलाकार संघ गण्डकीको आठौं साधारण सभा सम्पन्न, विभिन्न व्यक्तित्वहरू सम्मानित

पोखरा, २१ भदौ । तमु (गुरुङ) कलाकार संघ नेपाल गण्डकी प्रदेश समितिको आठौं वार्षिक साधारण सभा आइतबार पोखरामा भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गर्दै तमु (गुरुङ) कलाकार संघ नेपालका केन्द्रीय अध्यक्ष सागर गुरुङले पोखरा र समग्र गण्डकी प्रदेश तमु कला, संस्कृति, र मौलिक संगीतको उद्गम थलो भएको बताउनुभयो। ऐतिहासिक पहिचान बोकेको यस गौरवशाली धर्तीमा गण्डकी प्रदेश समितिले संस्थागत प्रणालीलाई बलियो बनाउँदै आठौं साधारण सभा सम्मको सुखद यात्रा तय गरेकोमा खुसी व्यक्त गर्दै उहाँले भन्नुभयो, "म गण्डकी प्रदेश समितिको सम्पूर्ण कार्यसमितिलाई हृदयदेखि नै हार्दिक बधाई र सफलताको शुभकामना व्यक्त गर्दछु। तपाईँहरूको यो सक्रियता र निरन्तरताले केन्द्रीय समितिलाई सधैं ऊर्जा र ढाडस दिने गरेको छ।" कार्यक्रमका विशिष्ट अतिथि तमु धीं नेपालका केन्द्रीय अध्यक्ष तथा संघका संरक्षक हुम बहादुर गुरुङले तमु कला, भाषा र संस्कृति केवल मनोरञ्जन मात्र नभएर पुर्खाको इतिहास, पहिचान र अस्तित्व भएको उल्लेख गर्नुभयो। रोधीं, कौडा, घाटु, सोरठी, र सालैजो जस्ता मौलिक रैथाने संस्कृतिहरूलाई देश-विदेशमा चिनाउने काम कलाकार साथीहरूले नै गरेको भन्दै उहाँले कलाकारहरूको योगदानको उच्च प्रशंसा गर्नुभयो।

कार्यक्रममा  गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य तथा संस्थाका सल्लाहकार  कृष्ण कुमार गुरुङ, जिफान नेपालका अध्यक्ष अर्जुन गुरुङ र जिफान हङकङका अध्यक्ष माया गुरुङ लगायतले पनि आफ्नो मन्तव्य राख्दै संस्थागत एकता र तमु कलाको उत्थानमा जोड दिनुभएको थियो। विभिन्न व्यक्तित्वहरू सम्मानित साधारण सभाको अवसरमा विभिन्न संघसंस्थामा निर्वाचित तथा नियुक्त हुन सफल भएका विशिष्ठ व्यक्तित्वहरूलाई फेटा, घलेक, माला र बुकेद्वारा विशेष सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा: शंकर विरही गुरुङ – संस्थाका प्रमुख सल्लाहकार तथा गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति, कृष्ण कुमार गुरुङ – गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य तथा संस्थाका सल्लाहकार, बाल काशी गुरुङ – गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य, श्रीजङ्ग गुरुङ – पोखरा प्रज्ञा प्रतिष्ठानका परिषद सदस्य, ज्योति गुरुङ – पोखरा प्रज्ञा प्रतिष्ठानका परिषद सदस्य, अर्जुन गुरुङ – गुरुङ फिल्म एसोसिएसन (जिफान) नेपालका अध्यक्ष, कुबिना गुरुङ – गुरुङ फिल्म एसोसिएसन (जिफान) नेपालका वरिष्ठ उपाध्यक्ष र माया गुरुङ – जिफान हङकङका अध्यक्ष तमु (गुरुङ) कलाकार संघ नेपाल गण्डकी प्रदेश समितिका अध्यक्ष बिक्रम गुरुङको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा उपाध्यक्ष टस बहादुर गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव नेत्र गुरुङले गर्नुभएको थियो।

प्रतिकृया दिनुहोस

ठेचो सक्रिय महिला समूहद्धारा बाढीपहिरो पीडितलाई आर्थिक सहयोग

ललितपुर । गोदावरी नगरपालिका वडा नं.१२ ठेचोस्थित ठेचो सक्रिय महिला समूहद्धारा गत भाद्र १० गते बुधबार रसुवाको भोटेकोसीमा आएको बाढी पहिरोबाट पीडित

ठूलाचौंरका ७० जना विद्यार्थीहरुलाई ज्यामितिबक्स वितरण सम्पन्न

काभ्रे । बेथानचोक गाउँपालिका वडा नं.३ ढुंखर्क,ठूलाचौंरस्थित श्री बेथानचोक नारायण आधारभूत विद्यालयमा अध्ययनरत ७० जना विद्यार्थीहरुलाई दैनिक

बोल्देका ३४ जना विद्यार्थीलाई ज्यामितिबक्स वितरण

काभ्रे । बेथानचोक गाउँपालिका वडा नं.३ ढुंखर्क,बोल्देस्थित श्री गोरखनाथ प्राथमिक विद्यालयमा अध्ययनरत ३४ जना विद्यार्थीहरुलाई दैनिक विद्यालय आउने