कालाबाङ घरेडी–पोखरा तमु समाजको १७ औँ साधारण सभा तथा नवौँ अधिवेशन सम्पन्न

आज मिति २०८३ भदौ २४ गते बुधबारका दिन कालाबाङ घरेडी–पोखरा तमु समाजको १७ औँ साधारण सभा तथा नवौँ अधिवेशन समाजका सदस्यहरूको उत्साहजनक उपस्थितिमा अत्यन्त सौहार्दपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ। नवौँ अधिवेशनबाट समाजको नयाँ कार्यसमिति चयन गरिएको छ। नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा लौप्रसाद गुरुङ, उपाध्यक्षमा कमलप्रसाद गुरुङ, सचिवमा जीतबहादुर गुरुङ, सहसचिवमा प्रतिमा गुरुङ, कोषाध्यक्षमा लव गुरुङ र सह कोषाध्यक्षमा रविन्द्र गुरुङ चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा धनु गुरुङ, कल्पना गुरुङ, उषादेवी गुरुङ, निशा गुरुङ, ओमकाजी गुरुङ, कृष्णबहादुर गुरुङ, प्रेमकुमार गुरुङ, टोपबहादुर गुरुङ र ह.कप. नरिन गुरुङ चयन हुनुभएको छ। अधिवेशनले समाजको आमा समूहको नयाँ कार्यसमिति पनि चयन गरेको छ। आमा समूहको अध्यक्षमा धनु गुरुङ, उपाध्यक्षमा सरिता गुरुङ, सचिवमा कल्पना गुरुङ, सहसचिवमा उषादेवी गुरुङ, कोषाध्यक्षमा अनिता गुरुङ र सह कोषाध्यक्षमा बबिता गुरुङ चयन हुनुभएको छ।

त्यसैगरी सदस्यहरूमा बिना गुरुङ, निशा गुरुङ, दुर्गा गुरुङ, बेली गुरुङ, लक्ष्मी गुरुङ, डमरकुमारी गुरुङ, सुमन गुरुङ, लक्षिना गुरुङ, पुष्पा गुरुङ, मनमाया गुरुङ र प्रतिमा गुरुङ चयन हुनुभएको समाजका निवर्तमान अध्यक्ष कृष्णप्रसाद गुरुङले बताउनुभयो । उहाँले कार्यसमितिमा निर्वाचित हुनुभएका सम्पूर्ण पदाधिकारी तथा सदस्यज्यूहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्नुभयो। उहाँहरूको नेतृत्वमा कालाबाङ घरेडी–पोखरा तमु समाजले अझ संगठित, सुदृढ र प्रभावकारी रूपमा अघि बढ्दै सामाजिक एकता, संस्कृति संरक्षण तथा समाजको समग्र विकासमा थप सफलता हासिल गर्ने विश्वास लिएको बताउनुभयो । समाजको प्रगति, समृद्धि र एकताका लागि नवनिर्वाचित सम्पूर्ण कार्यसमितिलाई गोर्खाली रेडियोको तर्फबाट सफलताको शुभकामना छ ।

प्रतिकृया दिनुहोस

ठेचो सक्रिय महिला समूहद्धारा बाढीपहिरो पीडितलाई आर्थिक सहयोग

ललितपुर । गोदावरी नगरपालिका वडा नं.१२ ठेचोस्थित ठेचो सक्रिय महिला समूहद्धारा गत भाद्र १० गते बुधबार रसुवाको भोटेकोसीमा आएको बाढी पहिरोबाट पीडित

ठूलाचौंरका ७० जना विद्यार्थीहरुलाई ज्यामितिबक्स वितरण सम्पन्न

काभ्रे । बेथानचोक गाउँपालिका वडा नं.३ ढुंखर्क,ठूलाचौंरस्थित श्री बेथानचोक नारायण आधारभूत विद्यालयमा अध्ययनरत ७० जना विद्यार्थीहरुलाई दैनिक

बोल्देका ३४ जना विद्यार्थीलाई ज्यामितिबक्स वितरण

काभ्रे । बेथानचोक गाउँपालिका वडा नं.३ ढुंखर्क,बोल्देस्थित श्री गोरखनाथ प्राथमिक विद्यालयमा अध्ययनरत ३४ जना विद्यार्थीहरुलाई दैनिक विद्यालय आउने