नेपाली महिला समाज ओमानद्धारा बाढीपहिरो पीडितलाई आर्थिक सहयोग

ओमान । प्रवासी नेपाली महिला दिदिबहिनीहरुको साझा संस्था नेपाली महिला समूह ओमानको भेट्घाट,सम्मान तथा बाढीपहिरो पीडितहरुका लागि आर्थिक सहयोग रकम संकलन कार्यक्रम मस्कटको गुब्रास्थित म: म किङ् रेष्टुरेन्टमा शुक्रबार संस्थाका अधिकतम पदाधिकारी,सदस्यहरुको उपस्थिति र सहभागितामा सम्पन्न भएको छ । नेपाली महिला समूह ओमानकी अध्यक्ष मादी तमूस्यो(गुरुङ)कानुसार गत भाद्र १० गते रसुवाको भोटेकोसी हुँदै आएको बाढीपहिरोमा पनि मृत्यु हुने नेपाली दाजुभाइ,दिदिबहिनीहरुको आत्मा चिरशान्तिको कामना गर्दै,शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै,घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामनासहित एक मिनेट मौन धारण गरेर,यस प्राकृतिक विपत्ति बाढी पहिरोबाट पीडितहरुको सहयोगार्थ संस्थाको अक्षय कोष, दिदीबहिनीहरुबाट आर्थिक सहयोग रकम संकलन गरि एकमुष्ट रु.१ लाख ११ हजार रुपैयाँ आर्थिक सहयोग नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरेको जनाएकी छिन् ।

प्रतिकृया दिनुहोस

वेथेगल टोल विकास महिला समितिको तर्फबाट बाढीपहिरो पीडितलाई आर्थिक सहयोग

ललितपुर । गाेदावरी नगरपालिका वडा नं १२ ठेचाे,ललितपुरमा स्थापित वेथेगल टाेल विकास समिति अन्तर्गत गठित वेथेगल टोल विकास महिला समितिले आज आइतबार

आर्टिष्ट अफ नेपाल राष्ट्रिय कला सम्मानबाट सगरमाथा आरोही छिरिङ शेर्पा सम्मानित

काठमाडौं । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा म्युजिक खबरको आयोजनामा पाँचौं म्युजिक खबर तीज म्युजिक अवार्ड–२०८३ अन्तर्गत “तीज

तमु धीं दक्षिण कोरियाको वार्षिक साधारण सभा यही सेप्टेम्बर २४ मा हुने

कोरिया स्थित अति सक्रिय जातीय संस्था तमु धींले यही सेप्टेम्बर २४ तारिक छुसकको विदा पारेर वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । संस्थाको तेह्रौं