कोलोराडोबाट समाजसेवी सन्दिप गोलेद्धारा बाढीपहिरो पीडितलाई आर्थिक सहयोग

अमेरिका । कोलोराडोमा बसोबास गर्दै आउनु भएका बौद्धिक व्यक्तित्व एवं समाजसेवी सन्दिप गोले तामाङले गत भाद्र १० गते बुधबार रसुवाको भोटेकोसीबाट आएको बाढी पहिरोबाट पीडितहरुको सहयोगार्थ गत शनिबार नेपाल सरकार, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा टिफ्फिन्स ग्रुपको तर्फबाट आर्थिक सहयोग प्रदान गर्नु भएको छ ।

समाजसेवी गोलेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा व्यक्तिगत आर्थिक सहयोग रु.१ लाख रुपैयाँ प्रदान गर्नु हुँदै देशलाई पीडा पर्दा परदेशमा बसेर पनि मन चुप लागेर बस्न नसकेकोले मानवीय हिसाबले आफूले सहयोग गरेको बताएका छन् ।

देशको हजारौँ किलोमिटर टाढा भए पनि देशको दुःख,पीडा र आँसु परदेशमा बस्ने नेपालीको मनसम्म आईपुग्छ । आफ्नो देशलाई परेको दुःखमा सकेको सहयोग गर्नु हाम्रो कर्तव्य पनि हो र जिम्मेवारी पनि।

ठूलो सहयोग गर्न नसके पनि आ–आफ्नो क्षमताअनुसार सानो सहयोग गरौँ,हामी सबै मिलेर हातेमालो गर्‍यौँ भने सानो सहयोगले पनि ठूलो अर्थ राख्न सक्छ। देश दुखेको बेला हामी पनि देशसँगै छौँ भनेर आफ्नो सामाजिक सञ्जालमा भावुक पोष्टसमेत गर्नु भएको छ ।

प्रतिकृया दिनुहोस

आर्टिष्ट अफ नेपाल राष्ट्रिय कला सम्मानबाट सगरमाथा आरोही छिरिङ शेर्पा सम्मानित

काठमाडौं । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा म्युजिक खबरको आयोजनामा पाँचौं म्युजिक खबर तीज म्युजिक अवार्ड–२०८३ अन्तर्गत “तीज

नेपाली महिला समाज ओमानद्धारा बाढीपहिरो पीडितलाई आर्थिक सहयोग

ओमान । प्रवासी नेपाली महिला दिदिबहिनीहरुको साझा संस्था नेपाली महिला समूह ओमानको भेट्घाट,सम्मान तथा बाढीपहिरो पीडितहरुका लागि आर्थिक सहयोग रकम संकलन

तमु धीं दक्षिण कोरियाको वार्षिक साधारण सभा यही सेप्टेम्बर २४ मा हुने

कोरिया स्थित अति सक्रिय जातीय संस्था तमु धींले यही सेप्टेम्बर २४ तारिक छुसकको विदा पारेर वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । संस्थाको तेह्रौं