नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाबाट बाढीपहिरो पीडितलाई आर्थिक सहयोग प्रदान

अमेरिका । गत भाद्र १० गते बुधबार नेपालमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित रसुवा,नुवाकोट,धादिङ र गोरखा लगायतका जिल्लाका पीडित परिवारप्रति नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (FIPNA) गहिरो दुःख व्यक्त गर्दै हार्दिक समवेदना प्रकट गर्दछ। 

यस दुःखद घडीमा पीडित नेपालीहरूको घाउमा मलम लगाउने सानो प्रयासस्वरूप FIPNA को पहलमा संकलित अमेरिकी डलर $4,402 (नेपाली रुपैयाँ ६ लाख ६२ हजार २ सय) प्रधानमन्त्री दैवी प्रकोप राहत कोष/आपतकालीन राहत कोषमा कृषि विकास बैंकमार्फत शुक्रबार जम्मा गरिएको नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्ना अध्यक्ष एपी लामा शेर्पाले बताउनु भएको छ । 

FIPNA माथि विश्वास गरी यस मानवीय अभियानमा सहयोग गर्नुहुने सम्पूर्ण दाता,सहयोगी,शुभेच्छुक तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ दिनुहुने सबैप्रति नेपाल आदिवासी जनजाति महासंघ अमेरिका हार्दिक कृतज्ञता,विशेष आभार व्यक्त गर्दै संकलित रकम,सहयोगको पारदर्शिताका लागि सम्बन्धित रसिद,दाताहरूको नामावलीमा एपी लामा शेर्पा,सुमन लिम्बू,लोक चेम्जुङ,कलु गुरुङ,राजु तामाङ,एल.एस.जाङ्बु शेर्पा,डण्डु ढोक्प्या,आङ जाङ्बु शेर्पा,तोरण गुरुङ,निरु लिम्बू आङ्देम्बे,साङ्दोर्जे शेर्पा,लाक्पा एस शेर्पा,पुरण गुरुङ,सागर हाङ्सरुम्बा लिम्बू,पेम्बा तकतोक शेर्पा,दावा के शेर्पा,चाँदनी लामा,लुईसाङ वाईबा,निमा शेर्पा,एम.जी.शेर्पा,सरोज थाङ्देन लिम्बू,गिर्मे शेर्पा,भूपेन्द्र बज्राचार्य,छिरिङ शेर्पा तकतोक,,टेण्डी शेर्पा,लिन्ता लिम्बू,ङिमा शेर्पा,ङावा एफ लामा,फर्देण्डी शेर्पा,प्रेम मेयाङ्बो,तर्कबहादुर राई,सुवास लामा,दावा पासाङ शेर्पा(काले),सोनि शेर्पा,नरेन्द्र थापा मगर,राजेन्द्र निता महर्जन,पसी शेर्पा,कमला लोप्चन,मिङ्मालामु शेर्पा,धुनिराज चेम्जुङ,बरुण राई,शम्भु राई,ओम गोर्खाली,पूर्ण पाईजा मगर,पेमछेकी शेर्पाले सहयोग गरेको फिप्ना अमेरिका अध्यक्ष शेर्पाले बताएका छन् ।

प्रतिकृया दिनुहोस

वेथेगल टोल विकास महिला समितिको तर्फबाट बाढीपहिरो पीडितलाई आर्थिक सहयोग

ललितपुर । गाेदावरी नगरपालिका वडा नं १२ ठेचाे,ललितपुरमा स्थापित वेथेगल टाेल विकास समिति अन्तर्गत गठित वेथेगल टोल विकास महिला समितिले आज आइतबार

आर्टिष्ट अफ नेपाल राष्ट्रिय कला सम्मानबाट सगरमाथा आरोही छिरिङ शेर्पा सम्मानित

काठमाडौं । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा म्युजिक खबरको आयोजनामा पाँचौं म्युजिक खबर तीज म्युजिक अवार्ड–२०८३ अन्तर्गत “तीज

नेपाली महिला समाज ओमानद्धारा बाढीपहिरो पीडितलाई आर्थिक सहयोग

ओमान । प्रवासी नेपाली महिला दिदिबहिनीहरुको साझा संस्था नेपाली महिला समूह ओमानको भेट्घाट,सम्मान तथा बाढीपहिरो पीडितहरुका लागि आर्थिक सहयोग रकम संकलन