भोटेकोशी बाढी प्रभावितका लागि बुद्ध समाज मालेपाटनद्वारा ८१ हजार सहयोग
पोखरा । बुद्ध समाज मालेपाटन–५, पोखराले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषमा रु. ८१ हजार सहयोग गरेको छ। समाजले आफ्नो कोषबाट रु. ५० हजार तथा समाजका सदस्यहरूबाट संकलित रु. ३१ हजार गरी कुल रु. ८१ हजार सहयोग रकम तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ लगायत समितिका पदाधिकारीलाई शनिबार हस्तान्तरण गरेको हो। समाजका सचिव धीरबहादुर गुरुङका अनुसार विपद्को समयमा पीडित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले समाज तथा सदस्यहरूको सहभागितामा राहत रकम संकलन गरिएको हो। समाजले सामाजिक उत्तरदायित्व अन्तर्गत विपद्मा परेका नागरिकलाई सहयोग गर्ने कार्यलाई निरन्तरता दिँदै आएको जनाएको छ। सदस्यहरूबाट संकलित सहयोग रकममध्ये नन्दमाया गुरुङ/क्या. कुलबहादुर गुरुङबाट रु. ३,१५५, धनकुमारी गुरुङ/सूर्यबहादुर गुरुङबाट रु. २,५००, शान्ति गुरुङ/लछुमान गुरुङबाट रु. १,५००, हिरा गुरुङ/रविन गुरुङबाट रु. १,००५, लक्ष्मी गुरुङ/दिलबहादुर गुरुङबाट रु. १,०२०, लक्ष्मी गुरुङ रत्नचोकबाट रु. १,०००, कुमारी गुरुङ थाना भङ्गराबाट रु. १,०१०, हरिमाया थापा/सुबेदार प्रभु थापाबाट रु. १,०२०, विष्णुकुमारी गुरुङ/बलबहादुर गुरुङबाट रु. १,०५०, नन्दकुमारी गुरुङ/क्या. यामबहादुर गुरुङबाट रु. ५,००५ सहयोग प्राप्त भएको थियो। त्यसैगरी लिलशोभा गुरुङ/वनबहादुर गुरुङबाट रु. १,०५०, मनसुवा गुरुङ/हन्सबहादुर गुरुङबाट रु. ५,००५, धीरबहादुर गुरुङबाट रु. १,००५, नितु गुरुङ/प्रकाश गुरुङबाट रु. २,०००, सुबेदार तोलबहादुर गुरुङबाट रु. १,५००, पार्वती गुरुङबाट रु. १,०००, रणमाया थापा मगर होश्राङ्दीबाट रु. १,०००, सोनी गुरुङबाट रु. १,००० तथा माया गुरुङ/खुसबहादुर गुरुङबाट रु. १,१७५ सहयोग प्राप्त भएको समाजले जनाएको छ। रु. ८१ हजार राहत रकम शनिबार हस्तान्तरण गरिसकिएको सचिव धीरबहादुर गुरुङले जानकारी दिनुभयो।

वेथेगल टोल विकास महिला समितिको तर्फबाट बाढीपहिरो पीडितलाई आर्थिक सहयोग
ललितपुर । गाेदावरी नगरपालिका वडा नं १२ ठेचाे,ललितपुरमा स्थापित वेथेगल टाेल विकास समिति अन्तर्गत गठित वेथेगल टोल विकास महिला समितिले आज आइतबार
आर्टिष्ट अफ नेपाल राष्ट्रिय कला सम्मानबाट सगरमाथा आरोही छिरिङ शेर्पा सम्मानित
काठमाडौं । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा म्युजिक खबरको आयोजनामा पाँचौं म्युजिक खबर तीज म्युजिक अवार्ड–२०८३ अन्तर्गत “तीज
नेपाली महिला समाज ओमानद्धारा बाढीपहिरो पीडितलाई आर्थिक सहयोग
ओमान । प्रवासी नेपाली महिला दिदिबहिनीहरुको साझा संस्था नेपाली महिला समूह ओमानको भेट्घाट,सम्मान तथा बाढीपहिरो पीडितहरुका लागि आर्थिक सहयोग रकम संकलन







प्रतिकृया दिनुहोस