तमु धीं दक्षिण कोरियाको वार्षिक साधारण सभा यही सेप्टेम्बर २४ मा हुने

कोरिया स्थित अति सक्रिय जातीय संस्था तमु धींले यही सेप्टेम्बर २४ तारिक छुसकको विदा पारेर वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । संस्थाको तेह्रौं कार्यसमितिले आफ्नो बितेको एक वर्षको प्रगति विवरण सहित आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने र आगामी वार्षिक कार्ययोजनाको विषयमा छलफल गर्ने उद्धेश्यले सउलको नेपाल थाई रेष्टुरेन्टको रेष्टुरेन्टको सभा हल, दोङ्देमुनमा दिउँसो ३ बजेदेखि शुरु हुने गरी उक्त कार्यक्रमको आयोजना गरिएको संस्थाका केन्द्रीय अध्यक्ष तेज गुरुङले जानकारी दिए ।

"प्ये म्हस्‍या म्‍हमु, छ्‍या म्हस्‍या ल्‍हु म्‍हमु, म्‍हमु, ल्हु म्हस्‍या म्‍हि म्‍हमु।" अर्थात् शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मानव जातिको अस्तित्व नै हराउँछ । भन्ने विश्वव्यापी मूल नारा सहित सन् १९९९ मा स्थापना भई धुमधामसँग रजतोत्सव मनाईसकेको तमु धींले विभिन्न संघ संस्थाहरु सँग सहकार्य र समन्वय गर्दै सामाजिक कार्यमा अग्रसर भइरहेको बताउँदै संस्थाका गरिमा र उचाई कायम राख्न कार्यसमिति सदैव तत्पर रहेको र सो कार्यक्रमका विच संस्थाको बृहत् छलफल, केही महत्वपूर्ण निर्णयहरु पारित गर्दै आगामी कार्यदिशा अझ स्पष्ट बनाउने भएकोले उक्त साधारण सभा थप विशेष हुने संस्थाका संरक्षक परिषद् प्रमुख भिम गुरुङ (पर्वत) ले बताए ।

कोरियालाई कर्मथलो बनाई बसोबास गरिरहनुभएका तमु (गुरुङ)हरुको एकता र सद्भाव कायम गर्दै आइरहेको संस्थाले सबैलाई उपयुक्त हुने गरी कोरियन पर्व छुसकको विदा पारेर तमुहरुको बाक्लो उपस्थितिको अपेक्षा सहित सो कार्यक्रमको तयारीमा जुटेको संस्थाका महासचिव सुनिल गुरुङले थपे ।

तमु धीं दक्षिण कोरियाद्धारा आयोजित सो वार्षिक साधारण सभालाई सभ्य र भब्य रुपमा सफल बनाउन संस्था सम्बद्ध सल्लाहकार, बुद्धिजीवी, शुभचिन्तक, समस्त सदस्यहरु लगायत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा गरिमामय उपस्थितिको लागि आयोजकले हार्दिक अनुरोध गरेको छ ।

कार्यक्रम तपसिल :

मिति : २०२६ सेप्टेम्बर २४ तारिक

समय : दिउँसो ठिक ३:०० बजे 

स्थान : नेपाल थाई रेष्टुरेन्टको रेष्टुरेन्टको सभा हल, दोङ्देमुन सउल 

प्रतिकृया दिनुहोस

वेथेगल टोल विकास महिला समितिको तर्फबाट बाढीपहिरो पीडितलाई आर्थिक सहयोग

ललितपुर । गाेदावरी नगरपालिका वडा नं १२ ठेचाे,ललितपुरमा स्थापित वेथेगल टाेल विकास समिति अन्तर्गत गठित वेथेगल टोल विकास महिला समितिले आज आइतबार

आर्टिष्ट अफ नेपाल राष्ट्रिय कला सम्मानबाट सगरमाथा आरोही छिरिङ शेर्पा सम्मानित

काठमाडौं । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा म्युजिक खबरको आयोजनामा पाँचौं म्युजिक खबर तीज म्युजिक अवार्ड–२०८३ अन्तर्गत “तीज

नेपाली महिला समाज ओमानद्धारा बाढीपहिरो पीडितलाई आर्थिक सहयोग

ओमान । प्रवासी नेपाली महिला दिदिबहिनीहरुको साझा संस्था नेपाली महिला समूह ओमानको भेट्घाट,सम्मान तथा बाढीपहिरो पीडितहरुका लागि आर्थिक सहयोग रकम संकलन