तमु पत्रकारिता पुरस्कारबाट शान्ति गुरुङ र मिलन पत्रकारिता पुरस्कारबाट पञ्च सुब्बा गुरुङ सम्मानित

२८, भदौ पोखरा। तमु (गुरुङ) सञ्चारकर्मी संघ नेपाल, कास्की शाखाको ७औँ साधारणसभा, चौथो अधिवेशन तथा सम्मान कार्यक्रममा सञ्चारकर्मी एवं सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल प्रादेशिक कार्यालय गण्डकी प्रदेश पोखराकी प्रमुख शान्ति गुरुङ र सञ्चारकर्मी पञ्च सुब्बा गुरुङ सम्मानित हुनुभएको छ। समाजसेवी तथा संस्थाका पूर्व केन्द्रीय अध्यक्ष मिना गुरुङद्वारा स्थापित तमु पत्रकारिता पुरस्कार–२०८३ बाट शान्ति गुरुङलाई सम्मान गरिएको हो। त्यस्तै, मिलन ग्रुप अफ नेपालका संयोजक समाजसेवी दुर्गा गुरुङ ‘मिलन’द्वारा स्थापित मिलन पत्रकारिता पुरस्कार–२०८३ बाट पञ्च सुब्बा गुरुङ सम्मानित हुनुभएको हो। पुरस्कारबाट सम्मानित दुवैजनालाई प्रमुख अतिथि चित्रबहादुर गुरुङ, पुरस्कार छनोट समिति तथा संस्थापक संयोजक हुमबहादुर गुरुङ, दुर्गा गुरुङ " मिलन" की माता तथा मिलन फाउन्डेसन नेपालका संरक्षक सावित्री गुरुङ, पुरस्कार दाता मिना गुरुङ र अध्यक्ष युग गुरुङले जनही रु. २० हजार नगद सहित सम्मानपत्र, दोसल्ला, फेटा तथा खादाले सम्मान गरिएको थियो।

तमु पत्रकारिता पुरस्कारबाट यसअघि अग्रज पत्रकारहरू हुमबहादुर गुरुङ, राजबहादुर गुरुङ र खड्क बहादुर गुरुङ सम्मानित भइसक्नुभएको छ। कार्यक्रममा तमु (गुरुङ) सञ्चारकर्मी संघ नेपालका अध्यक्ष चित्रबहादुर गुरुङले विभिन्न संघसंस्था तथा निकायको नेतृत्वमा पुग्न सफल व्यक्तिहरूको पृष्ठभूमि निर्माणमा तमु (गुरुङ) सञ्चारकर्मी संघको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। उहाँले संघले तमु समुदायका सञ्चारकर्मीलाई संगठित गर्दै पत्रकारिता क्षेत्रमा अघि बढाउन योगदान पुर्‍याउँदै आएको उल्लेख गर्नुभयो। कार्यक्रममा पुरस्कार छनोट समितिका संयोजक हुमबहादुर गुरुङले सम्मानित व्यक्तित्वहरूको पत्रकारिता यात्रा तथा योगदानबारे प्रकाश पार्नुभएको थियो। पुरस्कारदाता मिना गुरुङले तमु (गुरुङ) सञ्चारकर्मी संघ अझै संगठित र एकताबद्ध हुँदै पत्रकारिता क्षेत्रमा प्रभावकारी रूपमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो। त्यसैगरी, सम्मानित व्यक्तित्वद्वय शान्ति गुरुङ र पञ्च सुब्बा गुरुङ तथा संघका केन्द्रीय महासचिव चित्र गुरुङले कार्यक्रममा आ–आफ्नो भनाइ राख्नुभएको थियो। कार्यक्रमले तमु समुदायको पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याउँदै आएका सञ्चारकर्मीलाई सम्मान गर्नुका साथै नयाँ पुस्तालाई पत्रकारितामा प्रोत्साहित गर्ने सन्देश दिएको छ। तमु (गुरुङ) सञ्चारकर्मी संघ नेपाल, कास्की शाखाका अध्यक्ष युग गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष तृष्णा लक्ष्मी गुरुङले स्वागत र उपाध्यक्ष शिला गुरुङले संचालन गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस

ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला

२८ भदौ, पोखरा । ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन हुनुभएको छ। समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा

छापका समाजसेवी बाबू तामाङद्धारा बाढी पहिरो पीडित परिवारलाई आर्थिक सहयोग

काभ्रे । तेमाल गाउँपालिका वडा नं.६ ठूलोपर्सेलका सुजित मोक्तान तामाङ गत भाद्र १० गते बुधबार रसुवाको भोटेकोसीमा आएको बाढीपहिरोमा परि मृत्युवरण भएपछि

छापका समाजसेवी बाबू तामाङद्धारा बाढी पहिरो पीडित परिवारलाई आर्थिक सहयोग

काभ्रे । तेमाल गाउँपालिका वडा नं.६ ठूलोपर्सेलका सुजित मोक्तान तामाङ गत भाद्र १० गते बुधबार रसुवाको भोटेकोसीमा आएको बाढीपहिरोमा परि मृत्युवरण भएपछि