ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला
२८ भदौ, पोखरा । ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन हुनुभएको छ। समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
कास्कीको मादी गाउँपालिका–२, ताङतिङ स्थायी घर भई पोखरामा बसोबास गर्दै आएका तमु समुदायका व्यक्तिहरूद्वारा स्थापित ताङतिङ दूधपोखरी तमु समाजले पोखरामा रहेका ताङतिङ वासी बीच आपसी एकता, सहकार्य, सामाजिक सद्भाव तथा विभिन्न सामाजिक गतिविधिलाई अघि बढाउँदै आएको छ।
अधिवेशनले अनुराधा गुरुङको अध्यक्षतामा १५ सदस्यीय महिला उपसमिति र थमन गुरुङको अध्यक्षतामा १५ सदस्यीय युवा उपसमिति पनि सर्वसम्मत चयन गरेको छ। नवनिर्वाचित कार्यसमिति, महिला उपसमिति र युवा उपसमितिका पदाधिकारी तथा सदस्यहरूले अधिवेशनकै क्रममा सपथ ग्रहण गरेका छन्।
समाजको मूल नेतृत्वमा पहिलो पटक महिला चयन भएकोमा अधिवेशनमा सहभागीहरूले नवनिर्वाचित अध्यक्ष चन्द्रमाया गुरुङ सहित सम्पूर्ण कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। महिला नेतृत्वसँगै समाजका गतिविधिमा महिला तथा युवाको सहभागिता अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।
अधिवेशनमा यसअघि समाजको नेतृत्व सम्हाल्दै आएका अध्यक्ष तथा पदाधिकारीहरूले आफ्नो कार्यकालमा साथ, सहयोग र समर्थन गर्ने सम्पूर्ण सदस्य तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका थिए। साथै, समाजको एकता, सहकार्य र संस्थागत विकासलाई थप मजबुत बनाउँदै अघि बढाउन नवनिर्वाचित नेतृत्वलाई सहयोग गर्ने प्रतिबद्धता जनाइएको थियो।
नवनिर्वाचित अध्यक्ष चन्द्रमाया गुरुङको नेतृत्वमा समाजको संस्थागत विकास, सामाजिक एकता तथा समुदायका गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
छापका समाजसेवी बाबू तामाङद्धारा बाढी पहिरो पीडित परिवारलाई आर्थिक सहयोग
काभ्रे । तेमाल गाउँपालिका वडा नं.६ ठूलोपर्सेलका सुजित मोक्तान तामाङ गत भाद्र १० गते बुधबार रसुवाको भोटेकोसीमा आएको बाढीपहिरोमा परि मृत्युवरण भएपछि
छापका समाजसेवी बाबू तामाङद्धारा बाढी पहिरो पीडित परिवारलाई आर्थिक सहयोग
काभ्रे । तेमाल गाउँपालिका वडा नं.६ ठूलोपर्सेलका सुजित मोक्तान तामाङ गत भाद्र १० गते बुधबार रसुवाको भोटेकोसीमा आएको बाढीपहिरोमा परि मृत्युवरण भएपछि
तमु पत्रकारिता पुरस्कारबाट शान्ति गुरुङ र मिलन पत्रकारिता पुरस्कारबाट पञ्च सुब्बा गुरुङ सम्मानित
२८, भदौ पोखरा। तमु (गुरुङ) सञ्चारकर्मी संघ नेपाल, कास्की शाखाको ७औँ साधारणसभा, चौथो अधिवेशन तथा सम्मान कार्यक्रममा सञ्चारकर्मी एवं सार्वजनिक सेवा









प्रतिकृया दिनुहोस