पोखरामा क्लबस्तरीय भलिबल प्रतियोगिता सुरु

पोखरा, ९ असोज । पोखराको नदीपुरमा बुधबारदेखि क्लवस्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेश सभा सदस्य गणेशमान गुरुङले उद्घाटन गरेका हुन् । पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा आजदेखि शुरु प्रतियोगितामा ५ वटा खेल सम्पन्न भए । जसमा महिलातर्फ २ र पुरुषतर्फ ३ खेल भएका हुन् । महिलातर्फ शान्ता भलिबल प्रशिक्षण केन्द्र पोखरा र भलिबल समूह बागलुङ प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेका छन् । शान्ता भलिबल प्रशिक्षण केन्द्र पोखराले जुम्बा समूह पोखराको टोलीलाई २५–६ र २५–१० को सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो । प्रतियोगिताको अर्को खेलमा भलिबल समूह बागलुङले अनिल भलिबल ग्रुप पर्वतलाई २८–२६, २५–१७ र २५–१८ को जीत दर्ता ग¥यो । पुरुषतर्फ नेपाल युथ स्पोर्टस क्लव जापान, सशस्त्र प्रहरी बल एपीएफ पोखरा र गलकोट स्पोर्टस बिजयी भयो । नेपाल युथ स्पोर्टस क्लव जापानले आयोजक पोखरा भलिबल प्रशिक्षण केन्द्र पोखरालाई २५–१५ र २५–१२ को सोझो सेटमा पराजित ग¥यो । पुरुषतर्फको दोस्रो खेलमा एपीएफ पोखराले अन्नपूर्ण गाउँपालिकाको टोलीलाई २५–१९ र २८–२६ ले पराजित ग¥यो । अन्तिम खेलमा गलकोट स्पोर्टस क्लव बागलुङले भलिबल टिम पर्वतलाई २३–२५, २५–२० र २५–१७ ले पराजित ग¥यो ।

प्रतिकृया दिनुहोस

तमु धिं नेपाल केन्द्रीय आमा समितिको अध्यक्षमा बालकुमारी गुरुङ सर्वसम्मत रुपमा चयन

  तमु धिं नेपाल केन्द्रीय आमा समितिको अध्यक्षमा बालकुमारी गुरुङ सर्वसम्मत रुपमा चयन हुनुभएको छ । समितिको आयोजनामा बुधबार तमु धिं नेपाल नयाँबजारमा

नेपाली जन सम्पर्क समिती हम्बर्ग क्षेत्र जर्मनीको दोश्रो अधिवेशन सम्पन्न,सभापतिमा शशी गुरुङ निर्विरोध

जर्मनी । नेपाली जन सम्पर्क समिति हम्बर्ग क्षेत्र जर्मनीको सोमबार दोश्रो क्षेत्रीय अधिवेशन भव्यताकासाथ सम्पन्न भएको छ । नेपाली जन सम्पर्क समिति

नेपाली जन सम्पर्क समिती हम्बर्ग क्षेत्र जर्मनीको दोश्रो अधिवेशन सम्पन्न,सभापतिमा शशी गुरुङ निर्विरोध:

जर्मनी । नेपाली जन सम्पर्क समिति हम्बर्ग क्षेत्र जर्मनीको सोमबार दोश्रो क्षेत्रीय अधिवेशन भव्यताकासाथ सम्पन्न भएको छ । नेपाली जन सम्पर्क समिति