पार्थलीका १ सय ३७ जना विद्यार्थीलाई ज्यामितिबक्स वितरण सम्पन्न

काभ्रे । बेथानचोक गाउँपालिका वडा नं.४ पार्थलीस्थित श्री सरस्वती माद्यमिक विद्यालयमा अध्ययनरत १ सय ३७ जना विद्यार्थीहरुलाई दैनिक विद्यालय आउने वातावरण बनाउने उद्धेश्यले"स्कुल नै भविष्यको आधार हो"भन्ने मुल नाराकासाथ लोकेश्वर मिडिया सर्भिस,पुतलीसडक,काठमाडौंको संयोजनमा साइप्रसमा कार्यरत समाजसेवी रेष्मा लामा,सिन्धुली सेवा समाज दोहा कतारका अध्यक्ष निरबहादुर सुनुवार र नेपाल प्रवासी तामाङ समाज कतारका सल्लाहकार पूर्णसिंह लामाको व्यक्तिगत आर्थिक सहयोगमा आज शुक्रबार ज्यमितिबक्स र कार्यरत शिक्षक कर्मचारीहरुलाई सल,गलबन्दी वितरण समारोह भव्यताकासाथ सम्पन्न भएको छ । विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद अधिकारीकानुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर श्रेष्ठ,वडा सदस्य चन्द्रबहादुर नगरकोटी,शिक्षक अभिभावक संघका अध्यक्ष भिमबहादुर श्रेष्ठले विद्यार्थीहरुलाई ज्यामितिबक्स र लोकेश्वर मिडिया सर्भिसका प्रबन्ध निर्देशक श्याम तामाङले १६ जना शिक्षक,कर्मचारीहरुलाई सल,गलबन्दी वितरण गरेको जनाएका छन् । समारोहमा अभिभावक,शिक्षक,कर्मचारी र विद्यार्थी भाइबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस

तमु धिं नेपाल केन्द्रीय आमा समितिको अध्यक्षमा बालकुमारी गुरुङ सर्वसम्मत रुपमा चयन

  तमु धिं नेपाल केन्द्रीय आमा समितिको अध्यक्षमा बालकुमारी गुरुङ सर्वसम्मत रुपमा चयन हुनुभएको छ । समितिको आयोजनामा बुधबार तमु धिं नेपाल नयाँबजारमा

नेपाली जन सम्पर्क समिती हम्बर्ग क्षेत्र जर्मनीको दोश्रो अधिवेशन सम्पन्न,सभापतिमा शशी गुरुङ निर्विरोध

जर्मनी । नेपाली जन सम्पर्क समिति हम्बर्ग क्षेत्र जर्मनीको सोमबार दोश्रो क्षेत्रीय अधिवेशन भव्यताकासाथ सम्पन्न भएको छ । नेपाली जन सम्पर्क समिति

नेपाली जन सम्पर्क समिती हम्बर्ग क्षेत्र जर्मनीको दोश्रो अधिवेशन सम्पन्न,सभापतिमा शशी गुरुङ निर्विरोध:

जर्मनी । नेपाली जन सम्पर्क समिति हम्बर्ग क्षेत्र जर्मनीको सोमबार दोश्रो क्षेत्रीय अधिवेशन भव्यताकासाथ सम्पन्न भएको छ । नेपाली जन सम्पर्क समिति