तमु धिं नेपाल केन्द्रीय आमा समितिको अध्यक्षमा बालकुमारी गुरुङ सर्वसम्मत रुपमा चयन

 

तमु धिं नेपाल केन्द्रीय आमा समितिको अध्यक्षमा बालकुमारी गुरुङ सर्वसम्मत रुपमा चयन हुनुभएको छ । समितिको आयोजनामा बुधबार तमु धिं नेपाल नयाँबजारमा भएको १३ औं साधारण सभा तथा चौथो अधिवेशनबाट गुरुङको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरिएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा बालकुमारी गुरुङ, प्रथम उपाध्यक्षमा विष्णु गुरुङ द्धितीय उपाध्यक्षमा आशाकासी गुरुङ, महासचिवमा रेखिमाया गुरुङ, सचिवमा नन्द गुरुङ, सह–सचिव चित्राकुमारी गुरुङ चयन हुनुभएको छ । कोषाध्यक्षमा टिका गुरुङ र सह–कोषाध्यक्षमा तारा गुरुङ रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा जगन गुरुङ, दिलमाया गुरुङ, खिम कुमारी गुरुङ, र योगमाया गुरुङ रहनुभएको छ । कार्यक्रममा बोल्नुहुँदै, नर्वनिवाचित अध्यक्ष गुरुङले समितिको विधान अनुसार संस्थाको हितका लागि आफुले सकेको काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । साथै, समितिका पदाधिकारी तथा सदस्यहरुको सहयोग हुने गुरुङको अपेक्षा रहेको छ । उद्घाटन सत्रको उद्घाटन, प्रमुख अतिथि तमु धिं नेपाल केन्द्रीय अध्यक्ष हुम बहादुर गुरुङले गर्नुभएको थियो । कार्यक्रममा बोल्नुहँदै, अध्यक्ष गुरुङले आमाहरुलाई सामाजिक सञ्जालको प्रयोग कम गरी सीपमूलक काममा र समाजसेवामा लाग्न प्रेरणा दिनुभएको थियो । कार्यक्रममा समितिका संस्थापक अध्यक्ष चन्द्रसुवा गुरुङ, गुरुङ धिं नेपाल कास्कीका अध्यक्ष प्रेम बहादुर गुरुङ, क्षेत्रीय अध्यक्षको तर्फबाट तमु सहयोग समिति पार्दीका अधयक्ष सुवेदार तुल बहादुर गुरुङ, तमु धिं नेपाल अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष श्याम गुरुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । उक्त अवसरमा आर्थिक, नैतिक र भौतिक रुपमा सहयोग गरेका सहयोगी दाताहरु, सफल, सक्रिय तथा उत्कृष्ट व्यत्तित्वहरुलाई सम्मान गरिएको थियो । कोषाध्यक्ष आशाकासी गुरुङले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन र महासचिव बालकुमारी गुरुङले प्रस्तुत् गर्नुभएको वार्षिक प्रतिवेदन सर्वसहमत रुपमा पारित गरिएको थियो । समितिका निर्वतमान अध्यक्षता पवित्रादेवी गुरुङको अध्यक्षतमा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष एनसुभा गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो भने, महासचिव बाल कुमारी गुरुङ र सचिव विष्णु गुरुङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

नेपाली जन सम्पर्क समिती हम्बर्ग क्षेत्र जर्मनीको दोश्रो अधिवेशन सम्पन्न,सभापतिमा शशी गुरुङ निर्विरोध

जर्मनी । नेपाली जन सम्पर्क समिति हम्बर्ग क्षेत्र जर्मनीको सोमबार दोश्रो क्षेत्रीय अधिवेशन भव्यताकासाथ सम्पन्न भएको छ । नेपाली जन सम्पर्क समिति

नेपाली जन सम्पर्क समिती हम्बर्ग क्षेत्र जर्मनीको दोश्रो अधिवेशन सम्पन्न,सभापतिमा शशी गुरुङ निर्विरोध:

जर्मनी । नेपाली जन सम्पर्क समिति हम्बर्ग क्षेत्र जर्मनीको सोमबार दोश्रो क्षेत्रीय अधिवेशन भव्यताकासाथ सम्पन्न भएको छ । नेपाली जन सम्पर्क समिति

कुमुदिनी होम्समा साइबर सुरक्षा सम्बन्धी अभिमुखीकरण

९,भाद्र पोखरा । पोखरा महानगरपालिका वडा नं.४ मा अवस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयले विद्यार्थीहरूलाई समयसमयमा विभिन्न विषयमा अभिमुखीकरण