यही अगष्ट ३० मा हुने अन्याङ नेपाली समाज उल्सानको पाँचौ अधिवेशनको सम्पूर्ण तयारी पूरा
"आपसी सद्भाव, सहकार्य र सामाजिक सेवाका लागि हाम्रो प्रतिबद्धता" भन्ने संस्थाको मूल नारालाई अनुशरण गर्दै आईरहेको काेरिया स्थित सक्रिय संस्था अन्याङ नेपाली समाज उल्सानको पाँचौ अधिवेशन यही अगष्ट ३० उल्सानकाे [울산 울주군 삼남읍 울산역로 345 (3층)] सभाहलमा हुने भएको छ ।
चौथो कार्यसमितिको सफलतापूर्वक कार्यकाल पूरा भएर आधिकारिक र विधिवत् रुपमै अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै सो अधिवेशन गर्न लागिएको र सम्पूर्ण तयारी पूरा भएको संस्थाका अध्यक्ष भुवन राक्क्ष्यले जानकारी दिए ।
विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा विशेषत: कोरियाको उल्सान क्षेत्रमा रहेका नेपालीहरुलाई आबद्ध गराउँदै विभिन्न परोपकारी र सामाजिक क्रियाकलापमा सक्रिय रहँदै आएको सन्दर्भ समाजमा संरक्षक गितासिंह गुरुङले बताए । सन् २०१३ मा स्थापित अन्याङ नेपाली समाज उल्सानको उक्त अधिवेशन दिउँसो १२ बजेदेखि शुरु हुने गरि अधिवेशनको तयारीमा जुटेको संस्थाका सचिव रञ्जन लिम्बुले थपे ।
उक्त पाँचौ अधिवेशनलाई सभ्य र भब्य रुपमा सफल बनाउन संस्था सम्बद्ध सल्लाहकार, बुद्धिजीवी, शुभचिन्तक, समस्त सदस्यहरु तथा कोरियास्थित विभिन्न संघसंस्था लगायत सम्पूर्णलाई आयोजक अन्याङ नेपाली समाज उल्सान दक्षिण कोरियाले गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ ।
तपसिल :
मिति : २०२६ अगष्ट ३०, आइतबार
समय : दिनको ठिक १२:०० बजे
स्थान : [울산 울주군 삼남읍 울산역로 345 (3층)] उल्सानकाे सभाहल
तमु धिं नेपाल केन्द्रीय आमा समितिको अध्यक्षमा बालकुमारी गुरुङ सर्वसम्मत रुपमा चयन
तमु धिं नेपाल केन्द्रीय आमा समितिको अध्यक्षमा बालकुमारी गुरुङ सर्वसम्मत रुपमा चयन हुनुभएको छ । समितिको आयोजनामा बुधबार तमु धिं नेपाल नयाँबजारमा
नेपाली जन सम्पर्क समिती हम्बर्ग क्षेत्र जर्मनीको दोश्रो अधिवेशन सम्पन्न,सभापतिमा शशी गुरुङ निर्विरोध
जर्मनी । नेपाली जन सम्पर्क समिति हम्बर्ग क्षेत्र जर्मनीको सोमबार दोश्रो क्षेत्रीय अधिवेशन भव्यताकासाथ सम्पन्न भएको छ । नेपाली जन सम्पर्क समिति
नेपाली जन सम्पर्क समिती हम्बर्ग क्षेत्र जर्मनीको दोश्रो अधिवेशन सम्पन्न,सभापतिमा शशी गुरुङ निर्विरोध:
जर्मनी । नेपाली जन सम्पर्क समिति हम्बर्ग क्षेत्र जर्मनीको सोमबार दोश्रो क्षेत्रीय अधिवेशन भव्यताकासाथ सम्पन्न भएको छ । नेपाली जन सम्पर्क समिति







प्रतिकृया दिनुहोस