कोरिया किम्हेमा छुसक डान्स पार्टी सेप्टेम्बर २५ मा हुने

कोरियाको राजधानी सउलमा सेप्टेम्बर २५ तारिक अर्थात् छुसकको पहिलो दोश्रो दिन छुसक Dance Party 2026 हुने भएको छ । न्यू भिजन ग्रुप दक्षिण कोरियाद्धारा किम्हेको नजिकै सुविधा सम्पन्न हल (김해시 가야로 202 (태평포시즌101) मा उक्त कार्यक्रम आयोजना गरिने भएको हो ।

कोरियाको DJ को क्षेत्रमा प्रख्यात सबैखाले मिक्स संगीत बजाउन माहिर DJ Tshering को फिचरिङ सहित RAPPER MYDEV, RAPPER YUNG GENZ को साथमा सो कार्यक्रम बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन हुने आयोजक संस्थाका अध्यक्ष तगेन राईले जानकारी दिए । KUSHUM र PREETI काे HOT DANCE रहने सो कार्यक्रम सुरक्षाको सवालमा पूर्णत: संयमित रहेर कोरियन बाउन्सरको व्यवस्था समेत रहेको आयोजकले जनाएको छ ।

किम्हे तथा आसपासका विभिन्न सङ्घसंस्था तथा समाजको विशेष सहयोग र सहजीकरण रहेको न्यू भिजन ग्रुप दक्षिण कोरियाद्धारा आयोजित सो कार्यक्रममा सहभागी भई कार्यक्रम सफल बनाईदिनुहुन सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा आयोजकले हार्दिक अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस

तमु धिं नेपाल केन्द्रीय आमा समितिको अध्यक्षमा बालकुमारी गुरुङ सर्वसम्मत रुपमा चयन

  तमु धिं नेपाल केन्द्रीय आमा समितिको अध्यक्षमा बालकुमारी गुरुङ सर्वसम्मत रुपमा चयन हुनुभएको छ । समितिको आयोजनामा बुधबार तमु धिं नेपाल नयाँबजारमा

नेपाली जन सम्पर्क समिती हम्बर्ग क्षेत्र जर्मनीको दोश्रो अधिवेशन सम्पन्न,सभापतिमा शशी गुरुङ निर्विरोध

जर्मनी । नेपाली जन सम्पर्क समिति हम्बर्ग क्षेत्र जर्मनीको सोमबार दोश्रो क्षेत्रीय अधिवेशन भव्यताकासाथ सम्पन्न भएको छ । नेपाली जन सम्पर्क समिति

नेपाली जन सम्पर्क समिती हम्बर्ग क्षेत्र जर्मनीको दोश्रो अधिवेशन सम्पन्न,सभापतिमा शशी गुरुङ निर्विरोध:

जर्मनी । नेपाली जन सम्पर्क समिति हम्बर्ग क्षेत्र जर्मनीको सोमबार दोश्रो क्षेत्रीय अधिवेशन भव्यताकासाथ सम्पन्न भएको छ । नेपाली जन सम्पर्क समिति