स्याङ्जा समाज दक्षिण कोरियाको चौधौं केन्द्रीय अधिवेशनबाट माधव अर्यालकाे नेतृत्वमा कार्यसमिति चयन

कोरियास्थित अति क्रियाशिल क्षेत्रीय संस्था स्याङ्जा समाज दक्षिण कोरियाको चौधौं केन्द्रीय अधिवेशन सम्पन्न भएको छ ।२२ तारिक शनिबार सउल स्थित (숲속에바다(월벽타운) 서울 강북구 삼양로181길 194-19) को सभाहलमा सम्पन्न सो अधिवेशनबाट माधव अर्याल अध्यक्ष रहने गरी नयाँ कार्यसमिति गठन भएको हो ।

संस्थाका केन्द्रीय अध्यक्ष सुशील गुरुङको सभाध्यक्ष र नेपाली सम्पर्क समिति NCC दक्षिण कोरियाका अध्यक्ष हर्क विष्टको प्रमुख आतिथ्यता, विशेष अतिथिहरुमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाका केन्द्रीय पूर्व अध्यक्ष बुद्धि गुरुङ, गण्डकी प्रदेश समाज दक्षिण कोरियाका अध्यक्ष नर कुमार गुरुङ, स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति (ICC) का वरिष्ठ उपाध्यक्ष राजेश पाण्डेय, केन्द्रीय संरक्षक परिषद् प्रमुख कुमार थापा, संस्थाका सल्लाहकारहरु, नेपाल फुटबल महासङ्घ दक्षिण कोरियाका निवर्तमान अध्यक्ष ब्रो तमु, स्याङ्जा समाज थेगु शाखाका अध्यक्ष गोविन्द गुरुङ र सोही संस्थामा निवर्तमान अध्यक्ष मिलन राना मगर, कास्की परिवारका केन्द्रीय अध्यक्ष सन्तोष गुरुङ, नेपाल गोरखा परिवार कोरियाका अध्यक्ष देवी गौतम, स्याङ्जा भीरकोट आठथर तमु समाजका अध्यक्ष तोरन गुरुङ, कास्की परिवारका केन्द्रीय संरक्षक खोम प्रसाद गुरुङ, बागलुङ समाजका अध्यक्ष राजु नेपाली लगायत विभिन्न संघ संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरु, केन्द्र/शाखा संस्थाका अग्रज व्यक्तित्वहरुको उल्लेख्य उपस्थिति रहेकाे थियो ।

संस्थाका वरिष्ठ उपाध्यक्ष माधव अर्यालको स्वागत मन्तव्यसँगै शुरु भएको उद्घाटन सत्रको कार्यक्रममा संस्थाको प्रगति विवरण सहित सम्पूर्ण गतिविधिहरु तेह्रौँ कार्यसमितिको सहसचिव हिमाल खनालले प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष खिम सिङ्जाली मगरले आर्थिक प्रतिवेदन पेश गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि हर्क विष्ट लगायत अन्य वक्ताहरुले स्याङ्जा समाजको हरेक कार्य र क्रियाशिलताको प्रशंसा गर्दै कोरियामा स्याङ्जा समाजले विविध सामाजिक कार्य गर्दै आईरहेको सन्दर्भमा खुशी व्यक्त गर्दै विभिन्न कालखण्डमा भएको हरेक गतिविधिको खुलेर प्रशंसा अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।

दोश्रो चरणको बन्द सत्र अन्तर्गत कुमार थापाकाे संयोजकत्वमा डा. टिकाराम अर्याल, डा. ज्ञानराज कोइराला, लेसन गुरुङ, विजय थापा, अमित राना र मीन विक र अमित राना लगायतको निर्वाचन मण्डलले नयाँ सदस्यीय कार्यसमिति गठन गरेको हो । जस अन्तर्गत अध्यक्षमा माधव अर्याल, वरिष्ठ उपाध्यक्ष टोप थापा, उपाध्यक्ष अर्जुन अर्याल, उपाध्यक्ष अमृता केसी, , महासचिव कृष्ण प्रसाद न्यौपाने, सचिव कृष्ण सागर गुरुङ, सचिव नविन कँडेल, कोषाध्यक्ष सन्तोष महत, सह कोषाध्यक्ष रोशन गोतामे, सदस्यहरुमा निश्चल शर्मा, हरि प्रसाद पाण्डेय र अनिता विश्वकर्मा आदि रहेका छन् ।

उद्घाटन सत्रमा संस्थाका केन्द्रीय सचिव टोजिन्द्र गुरुङ र बन्द सत्रमा निर्वाचन मण्डल संयोजक कुमार थापाले कार्यक्रम सञ्चालन गरेका थिए । सोही अवसर पारेर संस्थाले आजीवन सदस्यता ग्रहण गरेका व्यक्तित्वहरु साथै विभिन्न कार्यमा सहयाेगी व्यक्तित्वहरुलाई सम्मान कार्यक्रम समेत जोडिएको थियो । अधिवेशन सफलताको शुभकामना सहित अमूल्य समय प्रदान गरेर चौधौं अधिवेशन सफल पार्नको निमित्त उपस्थित जनाउनुहुने आमन्त्रित अतिथिहरु, संस्था सम्बद्ध समस्त अग्रज व्यक्तित्व, सदस्य र शुभचिन्तकहरुमा स्याङ्जा समाजले हार्दिक धन्यवाद र आभार व्यक्त गरेको छ ।

प्रतिकृया दिनुहोस

तमु धिं नेपाल केन्द्रीय आमा समितिको अध्यक्षमा बालकुमारी गुरुङ सर्वसम्मत रुपमा चयन

  तमु धिं नेपाल केन्द्रीय आमा समितिको अध्यक्षमा बालकुमारी गुरुङ सर्वसम्मत रुपमा चयन हुनुभएको छ । समितिको आयोजनामा बुधबार तमु धिं नेपाल नयाँबजारमा

नेपाली जन सम्पर्क समिती हम्बर्ग क्षेत्र जर्मनीको दोश्रो अधिवेशन सम्पन्न,सभापतिमा शशी गुरुङ निर्विरोध

जर्मनी । नेपाली जन सम्पर्क समिति हम्बर्ग क्षेत्र जर्मनीको सोमबार दोश्रो क्षेत्रीय अधिवेशन भव्यताकासाथ सम्पन्न भएको छ । नेपाली जन सम्पर्क समिति

नेपाली जन सम्पर्क समिती हम्बर्ग क्षेत्र जर्मनीको दोश्रो अधिवेशन सम्पन्न,सभापतिमा शशी गुरुङ निर्विरोध:

जर्मनी । नेपाली जन सम्पर्क समिति हम्बर्ग क्षेत्र जर्मनीको सोमबार दोश्रो क्षेत्रीय अधिवेशन भव्यताकासाथ सम्पन्न भएको छ । नेपाली जन सम्पर्क समिति