पोखरामा खुल्यो आपतकालिन गोदाम घर
पोखरा, ९ असोज । विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले पुरानो विमानस्थलमा आपतकालिन गोदाम घर स्थापना गरेको छ । गोदाम घरको बुधबार गृहमन्त्री रमेश लेखकले भर्चुअल रुपमा उद्घाटन गर्नुभयो । मौसमको खराबीका कारण उनी पोखरा आउन नसकेपछि गृहमन्त्री लेखकले गोदामघरको भर्चुअल रुपमा उद्घाटन गर्नुभएको थियो । भर्चुअल उद्घाटनपछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ताम्रपत्र अनावरण गर्नुभएको हो । कार्यक्रममा गृहमन्त्री रमेश लेखकले विपद् व्यावस्थानका लागि हातेमालो गर्न जरुरी रहेको बताउनुभयो । जलवायु परिवर्तनबाट सिर्जीत नकरात्मक प्रभावले गर्दा क्षतिको परिणाम बढ्दै गृहमन्त्री लेखकले सुनाउनुभयो । सरकारले आपतकालिन गोदामघर व्यवस्थापन कार्यविधी जारी तयारी गरिरहेका उहाँले बताउनुभयो । गोदामघरमा स्थापनापछि तीन तहको सरकार, मानविय सहायता कक्षमा कार्य गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरु भण्डारण र वितरणमा जवाफदेही बन्नेमा उनको विश्वास छ । कार्यक्रममा नेपालका लागि यूरोपियन यूनियन (इयू) का राजदुत भेरोनिक लोरन्जोले विपद् जोखिमबाट हुने आपतकालिन अवस्थामा पोखरामा स्थापना गरिएको गोदामघर सहयोगी बन्ने धारणा राख्नुभयो । गण्डकीका मुख्यमन्त्री पाण्डेले प्रदेशले विपद व्यवस्थापन कोष सञ्चालन गर्दै आएको बताउनुभयो । युरोपेली संघको १ लाख ६१ हजार अमेरिकी डलरको सहयोगमा बनेको उक्त केन्द्रको गत चैतमा कास्कीका तत्कालीन प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले शिलान्यास गर्नुभएको थियो । उक्त केन्द्रका लागि पुरानो विमानस्थलले १५ सय स्क्यार मिटर जमिन उपलब्ध गराएको थियो । केन्द्रमा राहत सामग्री, उद्धारका उपकरण, खाद्यान्न, जेनेरेटर लगायतका सामग्री राखिएको आपतकालिन गोदाम घर पोखराका बन्दोबस्ती सम्पर्क व्याक्ति रतिन्द्र खत्रीले जानकारी दिनुभयो । गण्डकीमा आइपर्ने मानवीय संकटका बेला यो केन्द्र उपयोगी हुने डब्लुएफपीले जनाएको छ ।

तमु धिं नेपाल केन्द्रीय आमा समितिको अध्यक्षमा बालकुमारी गुरुङ सर्वसम्मत रुपमा चयन
तमु धिं नेपाल केन्द्रीय आमा समितिको अध्यक्षमा बालकुमारी गुरुङ सर्वसम्मत रुपमा चयन हुनुभएको छ । समितिको आयोजनामा बुधबार तमु धिं नेपाल नयाँबजारमा
नेपाली जन सम्पर्क समिती हम्बर्ग क्षेत्र जर्मनीको दोश्रो अधिवेशन सम्पन्न,सभापतिमा शशी गुरुङ निर्विरोध
जर्मनी । नेपाली जन सम्पर्क समिति हम्बर्ग क्षेत्र जर्मनीको सोमबार दोश्रो क्षेत्रीय अधिवेशन भव्यताकासाथ सम्पन्न भएको छ । नेपाली जन सम्पर्क समिति
नेपाली जन सम्पर्क समिती हम्बर्ग क्षेत्र जर्मनीको दोश्रो अधिवेशन सम्पन्न,सभापतिमा शशी गुरुङ निर्विरोध:
जर्मनी । नेपाली जन सम्पर्क समिति हम्बर्ग क्षेत्र जर्मनीको सोमबार दोश्रो क्षेत्रीय अधिवेशन भव्यताकासाथ सम्पन्न भएको छ । नेपाली जन सम्पर्क समिति







प्रतिकृया दिनुहोस