पोखरामा नेपाल क्रिकेट संघको साधारण सभा

पोखरा, ११ असोज । नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारणसभा पोखरामा सुरु भएको छ । पोखरा लेकसाइडको एक रिसोर्टमा सुरु भएको साधारण सभाको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास, युवा तaथा खेलकुद मन्त्री विन्दुकुमार थापाले गर्नुभएको हो । साधारणसभामा मन्त्री थापा प्रमुख अतिथि र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङको विशेष अतिथिको रुपमा हुनुहुन्थ्यो । कार्यक्रममा मन्त्री थापाले क्रिकेट विकासमा क्यानको भूमिका अविस्मणीय भएको बताउनुभयो । क्रिकेटको विकासका लागि प्रदेश सरकारले पनि खेलाडी पहिचानदेखि वार्षिक आकस्मिक विमा लगायतका कार्यक्रम सञ्चालन गरेको मन्त्री थापाले उल्लेख गर्नुभयो । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेटको दोस्रो भेन्यू बन्ने सक्ने कुरामा क्रिकेट संघले चिन्तन मनन गरिरहेको बताउनुभयो । उहाँले अहिलेको क्रिकेट पूर्वाधारले २०२७ मा हुने विश्वकप पोखरा गर्ने अवस्था नरहेको दाबी गर्नुभयो । क्रिकेटसँग जोडिएका हरेक व्यक्तिको योगदानले अहिले क्रिकेट यो ठाउँ आएको उहाँले बताउनुभयो । क्यानका सचिव पारस खड्काले गत वर्ष नेपालले १९ वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी जनाएको बताउनुभयो । साधारण सभा शनिबारसम्म चल्नेछ ।

प्रतिकृया दिनुहोस

तमु धिं नेपाल केन्द्रीय आमा समितिको अध्यक्षमा बालकुमारी गुरुङ सर्वसम्मत रुपमा चयन

  तमु धिं नेपाल केन्द्रीय आमा समितिको अध्यक्षमा बालकुमारी गुरुङ सर्वसम्मत रुपमा चयन हुनुभएको छ । समितिको आयोजनामा बुधबार तमु धिं नेपाल नयाँबजारमा

नेपाली जन सम्पर्क समिती हम्बर्ग क्षेत्र जर्मनीको दोश्रो अधिवेशन सम्पन्न,सभापतिमा शशी गुरुङ निर्विरोध

जर्मनी । नेपाली जन सम्पर्क समिति हम्बर्ग क्षेत्र जर्मनीको सोमबार दोश्रो क्षेत्रीय अधिवेशन भव्यताकासाथ सम्पन्न भएको छ । नेपाली जन सम्पर्क समिति

नेपाली जन सम्पर्क समिती हम्बर्ग क्षेत्र जर्मनीको दोश्रो अधिवेशन सम्पन्न,सभापतिमा शशी गुरुङ निर्विरोध:

जर्मनी । नेपाली जन सम्पर्क समिति हम्बर्ग क्षेत्र जर्मनीको सोमबार दोश्रो क्षेत्रीय अधिवेशन भव्यताकासाथ सम्पन्न भएको छ । नेपाली जन सम्पर्क समिति