शुभकामना, बधाई तथा सम्मान कार्यक्रम सम्पन्न

तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद कास्की जिल्लाले तमू विधार्थी छोंज धीं गण्डकी प्रदेश र कास्की जिल्लाका नवनिर्बाचित पदाधिकारी र सदस्यहरुलाई सम्मान गर्नुका साथै दशैंको उपलक्ष्यमा शुभकामना आदान प्रदान सम्पन्न गरेको छ।पोखरा चिप्ले ढुँगा स्थित दि भिलेजमा भएको कार्यक्रममा जिल्लाका ईकाई र अन्य सामाजिक संघ संस्थाका अध्यक्ष एवं प्रतिनिधि साथै सदस्यहरुको उपस्थिति रहेको थियो।

No description available.

तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद केन्द्रिय सह-महासचिव मनोज गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा तमू विधार्थी छोंज धीं कास्कीका अध्यक्ष प्रचण्ड शक्ति तमू, गण्डकी प्रदेश अध्यक्ष नेहा तमू, केन्द्रिय सहकोषाध्यक्ष युवराज तमू,तमू ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद केन्द्रिय सचिवालय सदस्य विष्णु तमू , अन्नपुर्ण गाउँपालिका वडा नं १० वडाध्यक्ष हिम तमुले शुभकामना मन्तव्य राखेका थिए। तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद कास्कीका अध्यक्ष सिता गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय सह-महासचिव मनोज तमुले प्रमुख अतिथीय मन्तव्यमा हाम्रो वैदेशिक रोजगारीमा प्रचलनलाई रोक्नु पर्छ र आफ्नै देशमा केही गर्नु पर्छ भन्ने कुरा जनाउनु भयो ।अब युवा विधार्थीहरुले हामी यहीं पनि केही गर्न सक्छौं भन्ने भावनाले लोक सेवा आयोगको परिक्षामा सहभागी हुनु पर्दछ।

No description available.

त्यसको सहयोगको लागी तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद कास्की तयार रहेको जानकारी दिनु भयो। कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष ईन्द्र बहादुर गुरुङले राखेका थिए भने सञ्चालन सचिव आश बहादुर गुरुङले गरेका थिए।

No description available.

No description available.

प्रतिकृया दिनुहोस

तमु धिं नेपाल केन्द्रीय आमा समितिको अध्यक्षमा बालकुमारी गुरुङ सर्वसम्मत रुपमा चयन

  तमु धिं नेपाल केन्द्रीय आमा समितिको अध्यक्षमा बालकुमारी गुरुङ सर्वसम्मत रुपमा चयन हुनुभएको छ । समितिको आयोजनामा बुधबार तमु धिं नेपाल नयाँबजारमा

नेपाली जन सम्पर्क समिती हम्बर्ग क्षेत्र जर्मनीको दोश्रो अधिवेशन सम्पन्न,सभापतिमा शशी गुरुङ निर्विरोध

जर्मनी । नेपाली जन सम्पर्क समिति हम्बर्ग क्षेत्र जर्मनीको सोमबार दोश्रो क्षेत्रीय अधिवेशन भव्यताकासाथ सम्पन्न भएको छ । नेपाली जन सम्पर्क समिति

नेपाली जन सम्पर्क समिती हम्बर्ग क्षेत्र जर्मनीको दोश्रो अधिवेशन सम्पन्न,सभापतिमा शशी गुरुङ निर्विरोध:

जर्मनी । नेपाली जन सम्पर्क समिति हम्बर्ग क्षेत्र जर्मनीको सोमबार दोश्रो क्षेत्रीय अधिवेशन भव्यताकासाथ सम्पन्न भएको छ । नेपाली जन सम्पर्क समिति