विन्ध्यवासिनीमा नवदुर्गा महोत्सवको तयारी
पोखरा, १४ असोज । पोखराको प्रसिद्ध धार्मिकस्थल विन्ध्यबासिनी मन्दिरमा नवदुर्गा महोत्सव हुने भएको छ । नेपालीहरुको महान चाँड बडादशैंको अवसरमा विगत १७ वर्षदेखि मनाउँदै आएको महोत्सव यस वर्ष पनि आयोजना गर्न लागिएको हो । विन्ध्यबासिनी धार्मिक क्षेत्रविकास समितिको आयोजनामा यहि असोज १७ गते घटस्थापनाको दिनदेखि असोज २५ गते महानवमीसम्म नवरात्री विशेष कार्यक्रम हुने सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । त्यो समयमा विविध गतिविधि हुने विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समितिका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिनुभयो । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले घटस्थापनादेखि महानवमीसम्म आयोजना गर्ने नवदुर्गा महोत्सवमा विन्ध्यवासिनी नवदुर्गा शोभायात्रा तथा श्रीमद्देवीभागवत् ज्ञान महायज्ञ प्रमुख हुनुहुन्छ । यसपालि यही १७–२५ असोज (घटस्थापनादेखि महानवमी) सम्म उक्त महोत्सव गर्न लागिएको सोमबार पत्रकार सम्मेलनमा समिति अध्यक्ष गणेशबहादुर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार महायज्ञ संगीतमय झाँकीसहित कथा वाचन गरिने छ । उहाँले मन्दिरमा बेलाबखतमा हुने पर्वविशेष पूजनोत्सव, धार्मिक गतिविधि, आध्यात्मिक प्रवचन लगायतले धर्म र संस्कृतिको संरक्षणमा टेवा मिल्ने विश्वास व्यक्त गर्नुभयो । घटस्थापनामा नवदुर्गाका नौ रुप सिंगारिएका नवकन्या, आरुढ नौरथ, विन्ध्यवासिनी मन्दिरको झाँकी तथा विभिन्न जातिका भेषभूषा र सांस्कृतिक झाँकीसहित शोभायात्रा निकालेर जातीय, धार्मिक, सांस्कृतिक, सामाजिकलगायतका पक्षहरुको उजागर गरिने समितिका सदस्यसचिव तीर्थ श्रेष्ठले बताए । घटनास्थापनाको दिन विन्ध्यवासिनी पार्कबाट शुरु हुने शोभायात्रा मोहरियाटोल, भैरवटोल, भीमसेन टोल, नालामुख, तेर्सापट्टी, महेन्द्रपुल, चिप्लेढुंगा, सिद्धार्थचोक, रामकृष्णटोल, गणेशटोलहुँदै पुनः विन्ध्यबासिनी मन्दिर परिसर पुगेर समापन हुनेछ । त्यही दिनदेखि महायज्ञ सुरु हुने सदस्यसचिव श्रेष्ठले जानकारी दिनुभयो । विजयादशमी अवधिमा मन्दिरमा बिहान ४ बजेदेखि नित्य पूजा हुनेछ । भक्तजनका लागि ५ बजेदेखि मन्दिर दर्शनको व्यवस्था मिलाइएको छ । ५ देखि ९ बजेसम्म बालगोपाल भजनमण्डल विन्ध्यवासिनी महिला भजन समूहलगायतबाट भजनकीर्तन हुनेछ । प्रत्येक साँझ ६ बजे आरति गरिनेछ । बिहान ९ देखि दिउँसो १२ बजेसम्म तथा दिउँसो २ देखि ४ बजेसम्म श्रीमद्भागवत् कथा प्रवचन हुनेछ ।
तमु धिं नेपाल केन्द्रीय आमा समितिको अध्यक्षमा बालकुमारी गुरुङ सर्वसम्मत रुपमा चयन
तमु धिं नेपाल केन्द्रीय आमा समितिको अध्यक्षमा बालकुमारी गुरुङ सर्वसम्मत रुपमा चयन हुनुभएको छ । समितिको आयोजनामा बुधबार तमु धिं नेपाल नयाँबजारमा
नेपाली जन सम्पर्क समिती हम्बर्ग क्षेत्र जर्मनीको दोश्रो अधिवेशन सम्पन्न,सभापतिमा शशी गुरुङ निर्विरोध
जर्मनी । नेपाली जन सम्पर्क समिति हम्बर्ग क्षेत्र जर्मनीको सोमबार दोश्रो क्षेत्रीय अधिवेशन भव्यताकासाथ सम्पन्न भएको छ । नेपाली जन सम्पर्क समिति
नेपाली जन सम्पर्क समिती हम्बर्ग क्षेत्र जर्मनीको दोश्रो अधिवेशन सम्पन्न,सभापतिमा शशी गुरुङ निर्विरोध:
जर्मनी । नेपाली जन सम्पर्क समिति हम्बर्ग क्षेत्र जर्मनीको सोमबार दोश्रो क्षेत्रीय अधिवेशन भव्यताकासाथ सम्पन्न भएको छ । नेपाली जन सम्पर्क समिति







प्रतिकृया दिनुहोस