क्लब स्तरीय भलिबल : फाइनलमा गलकोट र एपिएफ पोखरा भिड्ने

पोखरा, १४ असोज । पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजना जारी क्लब स्तरीय क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको फाइनल मंगलबार हुनेछ । पोखरा ३ नदिपुरस्थित छन्त्याल समाजको भलिबल कोर्टमा सञ्चालित प्रतियागितामा उपाधिका लागि पुरुषतर्फ गलकोट स्पोर्टस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ मालेपाटनबीच हुने भएको छ । सोमबार भएको पुरुषतर्फको पहिलो सेमिफाइनल खेलमा गलकोट स्पोर्टस क्लबले आँधिखोला दिल्लीलाई ३–२ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । निकै प्रतिस्पर्धात्म बनेको खेलमा कपहिलो सेट २५–१८ ले आँधिखोलाले जितेको थियो । दोस्रो सेट २२–२५ ले गुमायो । तेस्रो सेट २५–१९ ले जितेको आँधिखोलाले चौथो सेट भने २५–२७ ले गलकोटलाई सम्पियो । फाइनल सेटमा सुरुवाती समयबाटै पछि परेको आँधिखोला सेट ११–१५ ले पराजित हुँदै बाहिरियो । यस्तै दोस्रो सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बलको एपिएफ मालेमाटनले नेपाल युथ स्पोर्टस क्लब जापानलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल पुगेको छ । एपिएफले नेपाल युथ स्पोर्टस क्लबलाई २५–२२, २५–२३ र २७–२५ ले पराजित गर्दै फाइनलमा गलकोटसँगको भेट पक्का गरेको हो । प्रतियोगिता अन्तर्गन नै महिलातर्फ उपाधिका लागि धादिङ स्पोर्टस क्लब र नदीपुर एफसी भिड्ने भएका छन् । सोमबार भएको महिलातर्फको पहिलो सेमिफाइनलमा नदीपुर एफसीले शान्ता भलिबल पोखरालाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश ग¥यो । नदिपुर एफसीले शान्ता भलिबल ट्रेनिङ सेन्टर पोखरालाई २६–०७ , २५–१६ र २५–१७ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । यस्तै दोस्रो सेमिफाइनल खेलमा धादिङ स्पोर्टस क्लब धादिङले बागलुङ टिमलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा नदीपुर एफसीसँग भेट पक्का गरेको छ । धादिङ स्पोर्टस क्लबले टिम बागलुङलाई २५–२३, २५–११ र २५–१७ ले पराजित गर्दै नदिपुरसँगको भेट सुनिश्चित गरेको छ । प्रतियोगिताको पुरुषतर्फका विजेताले नगद १ लाख ३० हजार, उपविजेताले ८० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै महिलातर्फको विजेताले नगद ५० हजार र उपविजेताले ३५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा महिला तथा पुरुषतर्फ विधागतर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, ब्लकर, डिफेण्डर, सेटर, सर्भर र प्रशिक्षकले पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिकृया दिनुहोस

तमु धिं नेपाल केन्द्रीय आमा समितिको अध्यक्षमा बालकुमारी गुरुङ सर्वसम्मत रुपमा चयन

  तमु धिं नेपाल केन्द्रीय आमा समितिको अध्यक्षमा बालकुमारी गुरुङ सर्वसम्मत रुपमा चयन हुनुभएको छ । समितिको आयोजनामा बुधबार तमु धिं नेपाल नयाँबजारमा

नेपाली जन सम्पर्क समिती हम्बर्ग क्षेत्र जर्मनीको दोश्रो अधिवेशन सम्पन्न,सभापतिमा शशी गुरुङ निर्विरोध

जर्मनी । नेपाली जन सम्पर्क समिति हम्बर्ग क्षेत्र जर्मनीको सोमबार दोश्रो क्षेत्रीय अधिवेशन भव्यताकासाथ सम्पन्न भएको छ । नेपाली जन सम्पर्क समिति

नेपाली जन सम्पर्क समिती हम्बर्ग क्षेत्र जर्मनीको दोश्रो अधिवेशन सम्पन्न,सभापतिमा शशी गुरुङ निर्विरोध:

जर्मनी । नेपाली जन सम्पर्क समिति हम्बर्ग क्षेत्र जर्मनीको सोमबार दोश्रो क्षेत्रीय अधिवेशन भव्यताकासाथ सम्पन्न भएको छ । नेपाली जन सम्पर्क समिति