जनप्रिय क्याम्पसमा ट्राफिक सचेतना कार्यक्रम

 

लायन्स क्लब अफ पोखरा पिस सोसाइटी र जनप्रिय क्याम्पसको सहयकार्यमा सोमबार जनप्रिय क्याम्पसमा ट्राफिक सचेतना कार्यक्रम भएको छ । उक्त क्याम्पसमा अध्यायनरत प्रेम कुमार क्षेत्रीको छोरी अन्जु क्षेत्री क्याम्पस अगाडी पैदल याता गर्न क्रममा दुर्घटना भएको कारण दुघट्ना पूनः नदोहोरियोस भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो । क्षेत्रीको अस्पतालमा उपचार भइरएको छ ।

कार्यक्रममा बोल्नुहुँदै, गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख, प्रहरी उपरीक्षक जनक बहादुर शाहीले चालक तथा पैदल यात्रीले पूर्ण रुपमा ट्राफिक नियम पालना गर्न सके सडक दुर्घट्ना न्युनिकरण हुने विश्वास व्यक्त गर्नुभयो । सवारी चलाउदा माधक तथा लागुपदार्थ सेवन गर्न नहुने, तीब्र गतीमा चलाउन नहुने, ओभर टयाक गर्न नहुने र थकाइ लाग्दा सवारी चलाउन नहुने र नयाँ ठाउँको यात्रामा पूर्व जानकारी लिएर यात्रा गर्नुपर्ने उहाँको आग्रह रहेको छ । त्यसैगरी पैदल यात्रीहरुलाई पनि सचेत भएर बाटो काट्न आग्रह गर्नुभयो । पोखरा ७ का वडा अध्यक्ष राममोहन आचार्यले स्थानीय सरकार ट्रफिक प्रहरी तथा क्यामस समिति लागायतका विभिन्न संस्थाको समन्वयमा अघि वढ्न सकेको अवस्थामा ट्राफिक दुर्घटना नियन्त्रण हुने विश्वास व्यक्त गर्नुहुदै वडाले सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । जनप्रिय क्याम्पस प्रमुख रमेश वहादुर खड्काले कार्यक्रममा सिकेका कुराहरु व्यवहारिक रुपमा उर्तान र आफ्नो घरपरिवार, टोलविकास संस्था तथा साथिहरुलाई पनि ट्राफिक सचेतना बारे सचेत रहनका लागि सल्लाह दिन सहभागिहरुलाई आग्रह गर्नुभयो । लायन मिलन थापाले दुर्घटना भएर पछि पछुताउनु विकल्प केही नभएकाले दुर्घट्ना अघि नै ट्राफिक नियम पालनामा सचेत रहन आग्रह गर्नुभयो ।

कार्यक्रममा जनप्रिय मार्ग दक्षिण टोलविकास संस्थाका अध्यक्ष भिमा पौडेल लगायतले बोल्नुभएको थियो । प्रशिक्षक जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक शोभा पाण्डेले ट्रफिक सचेतना बारे प्रशिक्षण दिनुभएको थियो । सडक र सवारी अत्यावश्यकमा प्रयोग गर्नुका साथै सतकर्ता अपनाउनुपर्ने बारे उहाँले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

तमु धिं नेपाल केन्द्रीय आमा समितिको अध्यक्षमा बालकुमारी गुरुङ सर्वसम्मत रुपमा चयन

  तमु धिं नेपाल केन्द्रीय आमा समितिको अध्यक्षमा बालकुमारी गुरुङ सर्वसम्मत रुपमा चयन हुनुभएको छ । समितिको आयोजनामा बुधबार तमु धिं नेपाल नयाँबजारमा

नेपाली जन सम्पर्क समिती हम्बर्ग क्षेत्र जर्मनीको दोश्रो अधिवेशन सम्पन्न,सभापतिमा शशी गुरुङ निर्विरोध

जर्मनी । नेपाली जन सम्पर्क समिति हम्बर्ग क्षेत्र जर्मनीको सोमबार दोश्रो क्षेत्रीय अधिवेशन भव्यताकासाथ सम्पन्न भएको छ । नेपाली जन सम्पर्क समिति

नेपाली जन सम्पर्क समिती हम्बर्ग क्षेत्र जर्मनीको दोश्रो अधिवेशन सम्पन्न,सभापतिमा शशी गुरुङ निर्विरोध:

जर्मनी । नेपाली जन सम्पर्क समिति हम्बर्ग क्षेत्र जर्मनीको सोमबार दोश्रो क्षेत्रीय अधिवेशन भव्यताकासाथ सम्पन्न भएको छ । नेपाली जन सम्पर्क समिति