मोरङसुनसरी सेवा समाज साउदी अरबबाट बाढीपहिरो पीडितलाई आर्थिक सहयोग
साउदी अरब । गत भाद्र १० गते बुधबार रसुवाको भोटेकोसी हुँदै आएको बाढी पहिरोबाट प्रभावित पीडितहरुको लागि मोरङसुनसरी सेवा समाज राष्ट्रिय समिति र पूर्वी क्षेत्रीय समितिले संयुक्त रुपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सोमबार जम्मा गरेको छ ।
समाजका अध्यक्ष नगेश तामाङकानुसार बुधबारका दिन भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परि ज्यान गुमाएका व्यक्तिहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै र सम्पर्कविहिन परिवारको उद्धार तथा राहत वितरण तिब्र रहोस् भनि मोरङसुनसरी सेवा समाज साउदी अरबको राष्ट्रिय समिति ,पूर्वी क्षेत्रीय समितिले संयुक्त रुपमा १ लाख ४ हजार ८ सय १४ रुपैयाँ आफ्नो केन्द्रीय कार्यलय मोसु नेपालको बैंक खातामा पठाएको र उक्त रकम मोसु नेपालले आफ्नो केन्द्रीय समितिका अग्रज व्यक्तित्वहरु,प्रवास शाखाहरु,क्षेत्रीय समितिहरुबाट संकलित थप रकम जम्मा गरेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ८० हजार २ सय ५० रुपैयाँ प्रदान गरेको जनाएका छन् ।
ठेचो सक्रिय महिला समूहद्धारा बाढीपहिरो पीडितलाई आर्थिक सहयोग
ललितपुर । गोदावरी नगरपालिका वडा नं.१२ ठेचोस्थित ठेचो सक्रिय महिला समूहद्धारा गत भाद्र १० गते बुधबार रसुवाको भोटेकोसीमा आएको बाढी पहिरोबाट पीडित
ठूलाचौंरका ७० जना विद्यार्थीहरुलाई ज्यामितिबक्स वितरण सम्पन्न
काभ्रे । बेथानचोक गाउँपालिका वडा नं.३ ढुंखर्क,ठूलाचौंरस्थित श्री बेथानचोक नारायण आधारभूत विद्यालयमा अध्ययनरत ७० जना विद्यार्थीहरुलाई दैनिक
बोल्देका ३४ जना विद्यार्थीलाई ज्यामितिबक्स वितरण
काभ्रे । बेथानचोक गाउँपालिका वडा नं.३ ढुंखर्क,बोल्देस्थित श्री गोरखनाथ प्राथमिक विद्यालयमा अध्ययनरत ३४ जना विद्यार्थीहरुलाई दैनिक विद्यालय आउने







प्रतिकृया दिनुहोस