ठूलाचौंरका ७० जना विद्यार्थीहरुलाई ज्यामितिबक्स वितरण सम्पन्न
काभ्रे । बेथानचोक गाउँपालिका वडा नं.३ ढुंखर्क,ठूलाचौंरस्थित श्री बेथानचोक नारायण आधारभूत विद्यालयमा अध्ययनरत ७० जना विद्यार्थीहरुलाई दैनिक विद्यालय आउने वातावरण बनाउने उद्धेश्यले"स्कुल नै भविष्यको आधार हो"भन्ने मुल नाराकासाथ लोकेश्वर मिडिया सर्भिस,पुतलीसडक,काठमाडौंको संयोजनमा पोर्तुगलमा कार्यरत वादोकाई कराँतेका राष्ट्रिय प्रशिक्षक,खेलाडी एवं लोकेश्वर मिडिया सर्भिसका आजीवन संरक्षक सनमान गोले तामाङको व्यक्तिगत आर्थिक सहयोगमा बुधबार ज्यामितिबक्स र कार्यरत शिक्षक कर्मचारी १२ जनालाई सल,गलबन्दी वितरण समारोह भव्यताकासाथ सम्पन्न भएको छ ।
विद्यालयका प्र.अ.श्याम लामाकानुसार विद्यालय व्यवस्थापन समितिका पूर्व सदस्य विनोद विश्वकर्माको सभाध्यक्षतामा विद्यार्थीलाई ज्यामितिबक्स र लोकेश्वर मिडिया सर्भिसका प्रबन्ध निर्देशक श्याम तामाङले कार्यरत शिक्षक,कर्मचारीहरुलाई सल,गलबन्दी वितरण गरेको बताएका छन् ।
समारोहमा कार्यक्रम संचालन मञ्जु घिमिरे,स्वागत मन्तव्य सावित्री आचार्यले गर्नु भएको कार्यक्रममा अभिभावक,शिक्षक,कर्मचारी,विद्यार्थीहरुको उपस्थिति रहेका थिए ।
लोकेश्वर मिडिया सर्भिसले सो विद्यालयमा विद्यार्थीहरुलाई जुत्तामोजा,स्टेशनरी र ज्यामितिबक्स वितरण समारोह गरि हालसम्ममा तीन वटा विद्यार्थीमुखी शैक्षिक अभियान अन्तर्गत समारोह सम्पन्न भएको प्रबन्ध निर्देशकले तामाङले जनाउनु भएको छ ।
ठेचो सक्रिय महिला समूहद्धारा बाढीपहिरो पीडितलाई आर्थिक सहयोग
ललितपुर । गोदावरी नगरपालिका वडा नं.१२ ठेचोस्थित ठेचो सक्रिय महिला समूहद्धारा गत भाद्र १० गते बुधबार रसुवाको भोटेकोसीमा आएको बाढी पहिरोबाट पीडित
बोल्देका ३४ जना विद्यार्थीलाई ज्यामितिबक्स वितरण
काभ्रे । बेथानचोक गाउँपालिका वडा नं.३ ढुंखर्क,बोल्देस्थित श्री गोरखनाथ प्राथमिक विद्यालयमा अध्ययनरत ३४ जना विद्यार्थीहरुलाई दैनिक विद्यालय आउने
कुमुदिनी होम्सद्वारा बाढीपीडितलाई राहत
२४,भदौ पोखरा । पोखरा महानगरपालिका वडा नं.४ मा रहेको यस क्षेत्रकै प्रतिष्ठित शैक्षिक संस्था कुमुदिनी माध्यमिक विद्यालयले भदौ १० मा आएको विनाशकारी







प्रतिकृया दिनुहोस