नेतृत्व विकास तालिम सम्पन्न
लुम्बिनी फाेटाेग्राफर संघ,रुपन्देही शाखाले १८७ ओैं विश्व फाेटाेग्राफर दिवसकाे अवसरमा आफ्ना महिला फाेटाेग्राफर सदस्यहरुका लागि एक दिवसीय नेतृत्व विकास तालिम शनिवार बुटवलमा प्रदान गरेकाे छ ।
कार्यक्रम उद्घाटन सत्रमा बुटवल उपमहानगरपालिका वडा नं.९ का वडाध्यक्ष प्रदीप श्रेष्ठले भन्नुभयाे-
महिलाहरुलाई आर्थिक उपार्जनमा जाेडदिन र व्यवसायलाई नेतृत्व प्रदान गर्नका लागि महिला फाेटाेग्राफर सदस्यहरुका लागि आयाेजित नेतृत्व विकास तालिम आवश्यकता रहेकाे र थप प्रभावकारी हुनेछ । तालिममा तालिम व्यवस्थापन समितिका संयाेेजक कमला घर्तिमगर, सदस्य थानप्रसाद डुम्रे, संघका सल्लाहकार माधवप्रसाद पन्थ,कानुनी सल्लाहकार कमला तिवारी, सहभागीहरु आलिया पाण्डेय र गाेमा ज्ञवालीले तालिम उपलब्धिपूर्ण रहेकाे बताउनुभयाे । सहभागीहरुले आगामी दिनमा उद्घाेषण र विक्रयकला तालिमकाे अपेक्षा रहेकाे समेत उल्लेख गर्नुभयाे । तालिममा ५० जना सहभागी रहेका थिए ।
तालिममा स्वागत प्रथम उपाध्यक्ष माधव पन्थ,कार्यक्रम सञ्चालन महासचिव त्रिभुवन पाण्डेय र संस्थाका अध्यक्ष दिनेश अर्यालकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।
यही अगष्ट ३० मा हुने अन्याङ नेपाली समाज उल्सानको पाँचौ अधिवेशनको सम्पूर्ण तयारी पूरा
"आपसी सद्भाव, सहकार्य र सामाजिक सेवाका लागि हाम्रो प्रतिबद्धता" भन्ने संस्थाको मूल नारालाई अनुशरण गर्दै आईरहेको काेरिया स्थित सक्रिय संस्था
यही अगष्ट ३० मा हुने अन्याङ नेपाली समाज उल्सानको पाँचौ अधिवेशन को सम्पूर्ण संघसंस्था तयारी पूरा
"आपसी सद्भाव, सहकार्य र सामाजिक सेवाका लागि हाम्रो प्रतिबद्धता" भन्ने संस्थाको मूल नारालाई अनुशरण गर्दै आईरहेको काेरिया स्थित सक्रिय संस्था
स्याङ्जा समाज दक्षिण कोरियाको चौधौं केन्द्रीय अधिवेशनबाट माधव अर्यालकाे नेतृत्वमा कार्यसमिति चयन
कोरियास्थित अति क्रियाशिल क्षेत्रीय संस्था स्याङ्जा समाज दक्षिण कोरियाको चौधौं केन्द्रीय अधिवेशन सम्पन्न भएको छ ।२२ तारिक शनिबार सउल स्थित










प्रतिकृया दिनुहोस