यही अगष्ट ३० मा हुने अन्याङ नेपाली समाज उल्सानको पाँचौ अधिवेशन को सम्पूर्ण संघसंस्था तयारी पूरा

"आपसी सद्भाव, सहकार्य र सामाजिक सेवाका लागि हाम्रो प्रतिबद्धता" भन्ने संस्थाको मूल नारालाई अनुशरण गर्दै आईरहेको काेरिया स्थित सक्रिय संस्था अन्याङ नेपाली समाज उल्सानको पाँचौ अधिवेशन यही अगष्ट ३० उल्सानकाे [울산 울주군 삼남읍 울산역로 345 (3층)] सभाहलमा हुने भएको छ ।

चौथो कार्यसमितिको सफलतापूर्वक कार्यकाल पूरा भएर आधिकारिक र विधिवत् रुपमै अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै सो अधिवेशन गर्न लागिएको संस्थाका अध्यक्ष भुवन राक्क्ष्यले जानकारी दिए ।

विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा विशेषत: कोरियाको उल्सान क्षेत्रमा रहेका नेपालीहरुलाई आबद्ध गराउँदै विभिन्न परोपकारी र सामाजिक क्रियाकलापमा सक्रिय रहँदै आएको सन्दर्भ समाजमा संरक्षक गितासिंह गुरुङले बताए । सन् २०१३ मा स्थापित अन्याङ नेपाली समाज उल्सानको उक्त अधिवेशन दिउँसो १२ बजेदेखि शुरु हुने गरि अधिवेशनको तयारीमा जुटेको संस्थाका सचिव रञ्जन लिम्बुले थपे ।

उक्त पाँचौ अधिवेशनलाई सभ्य र भब्य रुपमा सफल बनाउन संस्था सम्बद्ध सल्लाहकार, बुद्धिजीवी, शुभचिन्तक, समस्त सदस्यहरु तथा कोरियास्थित विभिन्न संघसंस्था लगायत सम्पूर्णलाई आयोजक अन्याङ नेपाली समाज उल्सान दक्षिण कोरियाले गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ ।

तपसिल :

मिति : २०२६ अगष्ट ३०, आइतबार

समय : दिनको ठिक १२:०० बजे

स्थान : [울산 울주군 삼남읍 울산역로 345 (3층)] उल्सानकाे सभाहल

प्रतिकृया दिनुहोस

यही अगष्ट ३० मा हुने अन्याङ नेपाली समाज उल्सानको पाँचौ अधिवेशनको सम्पूर्ण तयारी पूरा

"आपसी सद्भाव, सहकार्य र सामाजिक सेवाका लागि हाम्रो प्रतिबद्धता" भन्ने संस्थाको मूल नारालाई अनुशरण गर्दै आईरहेको काेरिया स्थित सक्रिय संस्था

स्याङ्जा समाज दक्षिण कोरियाको चौधौं केन्द्रीय अधिवेशनबाट माधव अर्यालकाे नेतृत्वमा कार्यसमिति चयन

कोरियास्थित अति क्रियाशिल क्षेत्रीय संस्था स्याङ्जा समाज दक्षिण कोरियाको चौधौं केन्द्रीय अधिवेशन सम्पन्न भएको छ ।२२ तारिक शनिबार सउल स्थित

नेतृत्व विकास तालिम सम्पन्न

लुम्बिनी फाेटाेग्राफर संघ,रुपन्देही शाखाले १८७ ओैं विश्व फाेटाेग्राफर दिवसकाे अवसरमा आफ्ना महिला फाेटाेग्राफर सदस्यहरुका लागि एक दिवसीय नेतृत्व