कोरियाको योङ्गिनमा २५६९ औं बुद्ध जयन्ती विशेष समारोह यही मे ११ मा हुने
नेपाली सम्पर्क समिति दक्षिण कोरिया, नेफिन कोरिया, नेपाल बौद्ध परिवार दक्षिण कोरिया तथा प्रदेश संस्थाहरुको संयुक्त आयोजना यही मे ११ तारिक योङ्गिन स्थित (경기 용인시 처인구 해곡동 224-4 와우정사) वाउछङ्सा गुम्बामा "२५६९ औं बुद्ध जयन्ती विशेष समारोह" मनाइने भएको छ ।
विश्व शान्तिका अग्रदूत भगवान् बुद्धलाई स्मरण गर्दै यस कार्यक्रम मार्फत् शान्तिको सन्देश फैलाउने र बुद्ध नेपालमा जन्मेको र नेपाललाई विश्वसामु चिनाउन महत्वपूर्ण भूमिका रहने विश्वास गर्दै सो समारोहको आयोजना गरिएको नेपाली सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष हर्क विष्टले जानकारी दिए ।
करिब एक दशक अगाडि तत्कालीन नेपाली सम्पर्क समितिका अध्यक्ष अञ्जु केसीको नेतृत्वमा नेपालबाट भगवान् बुद्धको मूर्ति ल्याई वाउछङ्सा गुम्बामा स्थापना गरिएको थियो । सो गुम्बामा नेपालीपन झल्काउने विविध गतिविधि हुँदै आइरहेको सन्दर्भ उल्लेख गर्दै यस पटक पनि भगवान् बुद्धको नाममा दीप प्रज्वलन, मन्त्रोच्चारण साथै समग्र नेपाल चिनाउने र पर्यटन प्रवर्द्धनमा विशेष टेवा पुग्ने अपेक्षा सहित सो कार्यक्रम आयोजना गरिएको नेपाल बौद्ध परिवार दक्षिण कोरियाका अध्यक्ष पेमा कुन्साङ लामाले बताए ।
मध्यान्न ठिक १२ बजेबाट शुरु हुने उक्त "२५६९ औं बुद्ध जयन्ती विशेष समारोह" लाई एतिहासिक रूपमा सफल बनाउन कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सहभागिताका लागि हार्दिक अनुरोध गर्दै उपस्थितिका लागी आयोजक संस्थाहरुले हार्दिक आग्रह गरेको छ ।
स्याङ्जा समाज दक्षिण कोरियाको चौधौं केन्द्रीय अधिवेशनबाट माधव अर्यालकाे नेतृत्वमा कार्यसमिति चयन
कोरियास्थित अति क्रियाशिल क्षेत्रीय संस्था स्याङ्जा समाज दक्षिण कोरियाको चौधौं केन्द्रीय अधिवेशन सम्पन्न भएको छ ।२२ तारिक शनिबार सउल स्थित
अगष्ट १७ मा नेपाली सम्पर्क समिति दक्षिण कोरियाले विधान संशोधन सम्बन्धी बृहत् भेला आयोजना गर्ने
नेपाली सम्पर्क समिति दक्षिण कोरियाले यही अगष्ट १७ तारिक सौलमा "विधान संशोधन सम्बन्धी बृहत् भेला" कार्यक्रम आयोजना गर्ने भएको छ । सउलको [종로구 창신길
कोरियाबाट गणेश तामाङ योञ्जनको कोरियन लाहुरे सार्वजनिक
नेपाली आधुनिक पप विधा अन्तर्गत गीत लेखनमा शानदार डेब्यु गर्दै ईलाम घर भई कोरियामा कार्यरत गणेश तामाङ योञ्जनले "कोरियन लाहुरे ONLINE DHAIRANCHHU" बजारमा










प्रतिकृया दिनुहोस