कोरियामा मगर समुदायको भूम्या पूजा तथा बृहत बनभोज कार्यक्रम आगामी जून १४ र १५ मा हुने

कोरियामा रहेको मगर समुदायले आगामी जून १५ र १६ तारिक "भूम्या पूजा तथा बृहत बनभोज कार्यक्रम २०२५" को आयोजना गर्ने भएको छ । ”भाषा, धर्म र सँस्कृति नेपालीहरुको विविधता, विविधतालाई बचाई राख्ने हाम्रो गौरवपूर्ण मौलिकता“ भन्ने मूल नाराका साथ विविध मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम सहित कोरियामा सबैलाई पायक पर्ने गरि (경남 창녕군 부곡면 온천로 594 일성 콘도) मा सो कार्यक्रमको आयोजना गरिएको हो ।

नेपाल मगर संघ गणतन्त्र कोरियाको मुख्य व्यवस्थापनमा नेपाल मगर संघ, थेगु शाखा, नेपाल मगर संघ किम्हे/बुसान शाखा, नेपाल मगर संघ जेजु शाखा, DSME मगर समाज गजेदो र अठार मगरात खाम भाषी सम्पर्क मञ्चको संयुक्त आयोजनामा हुने सो कार्यक्रममा सहभागिताका लागि विभिन्न सात स्थानबाट जाने आउने बसको सुविधा रहने आयोजकले जनाएको छ ।

सहभागी शुल्क स्वरुप पुरुषलाई १ लाख , महिलालाई ८० हजार र विद्यार्थीलाई ७० हजार कोरियन वोन निर्धारण गरिएको सो "भूम्या पूजा तथा बृहत बनभोज कार्यक्रम २०२५" कार्यक्रमको मूख्य आकर्षणहरुमा भुमे नाच, मनोरञ्जनात्मक खेलकुद, लोकदोहोरी र पूर्वी नेपालका मगर समुदायहरुमा सफल बनाउन कोरियामा बसोबास गर्नुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा गरिमामय उपस्थितिको लागि आयोजकले हार्दिक अनुरोध गरेको छ ।

कार्यक्रम तपसिल :

मिति : २०२५ जून १४ र १५

स्थान : 경남 창녕군 부곡면 온천로 594 일성 콘도

प्रतिकृया दिनुहोस

स्याङ्जा समाज दक्षिण कोरियाको चौधौं केन्द्रीय अधिवेशनबाट माधव अर्यालकाे नेतृत्वमा कार्यसमिति चयन

कोरियास्थित अति क्रियाशिल क्षेत्रीय संस्था स्याङ्जा समाज दक्षिण कोरियाको चौधौं केन्द्रीय अधिवेशन सम्पन्न भएको छ ।२२ तारिक शनिबार सउल स्थित

अगष्ट १७ मा नेपाली सम्पर्क समिति दक्षिण कोरियाले विधान संशोधन सम्बन्धी बृहत् भेला आयोजना गर्ने

नेपाली सम्पर्क समिति दक्षिण कोरियाले यही अगष्ट १७ तारिक सौलमा "विधान संशोधन सम्बन्धी बृहत् भेला" कार्यक्रम आयोजना गर्ने भएको छ । सउलको ‌[종로구 창신길

कोरियाबाट गणेश तामाङ योञ्जनको कोरियन लाहुरे सार्वजनिक

नेपाली आधुनिक पप विधा अन्तर्गत गीत लेखनमा शानदार डेब्यु गर्दै ईलाम घर भई कोरियामा कार्यरत गणेश तामाङ योञ्जनले "कोरियन लाहुरे ONLINE DHAIRANCHHU" बजारमा