गौरी गुरुङको सैंप्रोल" लोकार्पण तथा विमर्श

गुरुङ साहित्यिक मञ्च नेपालद्वारा "त" ल्होसारको अवसरमा आयोजित कवि गौरी तमूद्वरा संग्राहित कविता संग्रह  "सैंप्रौल" पोखरा महानगरपालिका वडा नं १० अमर सिं स्थित लेकाली चुलो घरको सभाहलमा लोकर्पण तथा विमर्श कार्यक्रम सम्पन्न भएको छ।गुरुङ साहित्यिक मञ्च नेपालका अध्यक्ष तेज बहादुर च्ह्याक्ली ज्यूको अध्यक्षतामा भएको कार्यक्रममा कवि गणेश पौडेल र तीर्थ गुरुङ  वक्ताको भुमिकामा रहनु भएको थियो।दुवै जना वक्ताहरुले कविता "सैंप्रोल" र सर्जकको बारेमा आफ्ना भनाईहरु राख्दै कवि गणेश पौडेल ले कविता संग जोडिएका ज्ञानका चार आयम आदिबारे प्रकाश पार्नु भएको थियो।

स्राष्ट गौंरी तमूको ब्यक्तिगत परिचय बारे गुरुङ साहित्यिक मञ्च नेपालका उपाध्यक्ष रोश्नी गुरुङले राख्नु भएको थियो।रुपिन्द्र प्रभावी जोशी र संगिता बराल ज्यूले कविता "सैंप्रोल"का केही लाईन बाचन गर्नु भएको थियो। कार्यक्रममा तमू प्ये ल्हु संघ केन्द्रिय युवा समितिको अध्यक्षमा निर्वाचित मञ्चका सदस्य पवित्र गुरुङ र लेखक प्रतिमा गुरुङलाई पछ्यौर ओडाई सम्मान गरिएको थियो। सरजक गौरी गुरुङले पहिलो कृति  "समय दर्बेनी" आज भन्दा ८ वर्ष पहिल लोकार्पण पललाई स्मरण गर्दै भावुक बन्नु भयो।महिलाले आफ्नो परिचय पटक पटक बदल्नु पर्दो रहेछ भन्नु भयो। सैंप्रोल वहाँको लागी सैंप्रोल मात्र होईन स्व. बुबा टेक बहादुर प्रति समर्पित हो भन्ने धारणा राख्नु हुँदै टिप्पणी लाई सम्बोधन गर्नु भयो।

नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पुर्व कुलपति साहित्यकार सरुभक्त श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वागत मन्तव्य  मञ्चका कोषाध्यक्ष जसु गुरुङले राख्नु भएको थियो। प्रमुख अतिथीय मन्तब्यमा नेपाली कविता लेखनमा विभिन्न धारहरु छन्। सत्यलाई कुन सापेक्षामा हेर्ने भन्ने  कुरा महत्वपुर्ण छ भन्नु भयो।कोही भन्दछन् अत्यन्तै सरल, सरल भएर पनि कलात्मक ,सुन्दर यस्ता कविताहरु नै वास्ताविक कविता हुन् भन्ने एउटा धार छ। कवि भुपी शेरचन यस धारमा सबै भन्दा प्रख्यात नेपाली कवि हुनुहुन्छ। यस्तै अरु धारका कविहरु पनि हुनुहुन्छ। जुन कवितामा धेरै पटक सोंच्नु पर्ने हुन्छ।त्यति जटिल पनि छन् ,प्रयोगात्मक पनि छन्।कुन सापेक्षामा कवितालई बुझिन्छ त्यही कविता पाठकलाई उत्कृष्ट लाग्दछ। भनिन्छ समुद्रलाई एउटा किनारबाट हेर्दा जुन रुप देखिन्छ त्यो रुप अर्को किनारबाट हेर्दा फरक रुप  देखिन्छ। त्यो भूगोलमा अनुभुत गर्ने चेतना फरक हुन सक्दछ। त्यसैले कुन रुपबाट हामीले कवितालाई हेर्छौं भन्ने कुरा महत्वपुर्ण छ। स्राष्ट गौरी तमूले लेख्नु भएको कविता मुक्ताकार लाग्यो भन्नु भयो।

  वहाँले लेख्नु भएको कविता चेतनामुलक छन् ,महिलाहरुको आवज बुलन्द गर्ने खालका छन्, विभिन्न सामाजिक विसंगतिहरुलाई संबोधन गर्ने खालका र समग्रमा चेतना जागरुक गर्ने खालका  कविता छन् भन्नु भयो। कार्यक्रमलाई अध्यक्ष तेज बहादुर च्ह्यक्ली तमूले मुक्तक वाचन र धन्यवाद सहित समापन गर्नु भयो भने सञ्चालन मञ्चका उपाध्यक्ष रोश्नी गुरुङले गर्नु भएको थियो।

प्रतिकृया दिनुहोस

विविध कार्यक्रम सहित बागलुङ समाजले आउँदो जून ७ मा रजत जयन्ती मनाउने

कोरियास्थित क्षेत्रीय संस्था बागलुङ समाजले आफ्नो स्थापनाको २५औं वर्ष पूरा गरेको उपलक्ष्यमा रजत जयन्ती मनाउने भएको छ । यही आउँदो जून ७ तारिक फेन्तेक

सम्पूर्ण आमाहरु प्रति समर्पित लेख : आमा

विचार/अभिव्यक्ति - बोम्जन गुरुङ, बुवाआमाको मायालाई मापन गर्ने कुनै साधन छैन । संसारमा सबैभन्दा ठूलो भगवान् को हुन् भन्ने प्रश्न उठेमा धेरैले

तिमीलाई भेट्ने मन छ

- प्रकाश सिधाने चैत बैशाखको तातो हावामा तिम्रो सम्झना सितल भएर आउँछ ओठ सुख्दा पनि मन भिज्छ किनकि अझै पनि तिमीलाई भेट्ने मन छ। वर्षौँ बिते, समय टाढियो तर