कोरियामा जुलाई ५ मा अम्बर गुरुङ स्मृति कप २०२६ फुटसल प्रतियोगिता हुने

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी सद्भाव, एकता तथा स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्धेश्यका साथ तमु धीं दक्षिण कोरियाले “अम्बर गुरुङ स्मृति कप २०२६” फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । वरिष्ठ संगीतकार स्वर्गीय अम्बर गुरुङको स्मृतिमा आयोजना हुन लागेको उक्त प्रतियोगिता आगामी ५ जुलाईमा छनान् स्थित मेचीअप फुटसल फिल्ड (천안시 동남구 신방동 645-1) मा सञ्चालन हुने आयोजकले आयोजक संस्थाका केन्द्रीय अध्यक्ष तेज गुरुङले जानकारी दिएका छन् ।

नेपाल फुटबल महासंघ कोरियाको सहकार्यमा आयोजना हुन लागेको प्रतियोगितामा दक्षिण कोरियाका विभिन्न क्षेत्रबाट नेपाली पुरुष तथा महिला फुटसल टोलीहरूको उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएको छ । प्रतियोगिताले नेपाली समुदायबीच आपसी भाइचारा, सहकार्य र खेल संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै प्रतियोगितामा विजेता टोलीलाई ट्रफी, मेडल तथा प्रमाणपत्रसहित ४० लाख कोरियन वोन, उपविजेता टोलीलाई २० लाख कोरियन वोन तथा सेमिफाइनलमा पुग्ने दुई टोलीलाई जनही ४ लाख कोरियन वोन पुरस्कार प्रदान गरिने र अन्य विधातर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक तथा सर्वाधिक गोलकर्तालाई जनही १ लाख कोरियन वोन, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने खेलकूद संयोजक जमन सिंह गुरुङले जनाए ।

प्रतियोगितामा सहभागिताका लागि टिम दर्ता शुल्क ३ लाख ५० हजार कोरियन वोन निर्धारण गरिएको छ भने टिम दर्ताको अन्तिम मिति जुन २७, २०२६ तोकिएको छ । दर्ता शुल्क जम्मा गर्नका लागि Woori Bank को खाता नम्बर 1005-004-816418 (खातावालाः 주한대무민협회) उपलब्ध गराइएको छ । रकम जम्मा गरेपछि भुक्तानीको स्क्रीनसट आयोजकलाई पठाउन अनुरोध गरिएको छ । प्रतियोगिताको मुख्य प्रायोजन Nepal & Thai Food Restaurant र प्रायोजकहको रुपमा ठमेल रेस्टुरेन्ट 진천 (Thamel Restaurant jincheon ), GME FINANCE, LOAN PARTNER JB BANK रहेका छन् भने विभिन्न संघसंस्था, व्यवसायिक प्रतिष्ठान तथा सञ्चार माध्यमहरुले सहकार्य गरेको संस्थाका महासचिव सुनिल गुरुङले जानकारी दिएका छन् ।

आयोजक तमु धीं दक्षिण कोरिया ले दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली संघसंस्था, फुटबल क्लब, खेलाडी तथा खेलप्रेमीहरूलाई प्रतियोगितामा सहभागी भई कार्यक्रमलाई सफल बनाउन हार्दिक अनुरोध गरेको छ ।

थप जानकारी तथा सम्पर्कका लागि :

Bro Tamu : 010-7583-1699

Jaman Gurung : 010-8438-9017

Ramesh Gurung : 010-5656-4231

Rup Gurung : 010-7358-0362

“अम्बर गुरुङ स्मृति कप २०२६” ले खेलकुदमार्फत नेपाली समुदायलाई एकताको सूत्रमा बाँध्दै स्वर्गीय अम्बर गुरुङप्रति सम्मान व्यक्त गर्ने अपेक्षा गरिएको छ ।

 

प्रतिकृया दिनुहोस

सिस्टरहुड कोरियाले मौलिकतामा जोड दिदै सेप्टेम्बर ०६ मा हरितालिका तीज मनाउने

कोरिया स्थित किम्हे शहरमा रहेको नेपाली नारीहरुको संस्था सिस्टरहुड कोरियाले सेप्टेम्बर ०६ तारिक "हरितालिका तीज विशेष कार्यक्रम २०२६" आयोजना

कोरिया किम्हेमा छुसक डान्स पार्टी सेप्टेम्बर २५ मा हुने

कोरियाको राजधानी सउलमा सेप्टेम्बर २५ तारिक अर्थात् छुसकको पहिलो दोश्रो दिन छुसक Dance Party 2026 हुने भएको छ । न्यू भिजन ग्रुप दक्षिण कोरियाद्धारा किम्हेको

किम्हेमा सलनालको अवसरमा छ्याजलो सांगीतिक धमाकाबाट झण्डै २ करोड ६७ लाख कोरियन वोन वचत

कोरियाको दक्षिणी भेग किम्हे सहरमा गत कोरियन नयाँ वर्ष सलनालको अवसरमा आयोजित “छ्याजलो सांगीतिक धमाका २०२६” को आय व्यय सार्वजनिक भएको भएको छ