सिस्टरहुड कोरियाले मौलिकतामा जोड दिदै सेप्टेम्बर ०६ मा हरितालिका तीज मनाउने

कोरिया स्थित किम्हे शहरमा रहेको नेपाली नारीहरुको संस्था सिस्टरहुड कोरियाले सेप्टेम्बर ०६ तारिक "हरितालिका तीज विशेष कार्यक्रम २०२६" आयोजना गर्ने भएको छ । किम्हे सिजाङ- न्यू लिटिल इन्डिया रेष्टुरेन्टको हलमा तीजको अवसरमा दर खाने कार्यक्रम र विविध साँस्कृतिक कार्यक्रम सहित बिहान ११ देखि साँझ ६ बजेसम्म उक्त कार्यक्रम हुने भएको हो ।

प्रवासमा नेपाली कला र सँस्कृतिको संरक्षण र सम्बर्द्धन गर्ने मात्र नभएर माइतीबाट टाढा रहेका विशेषत: नेपाली चेली तथा दिदीबहिनीहरुको न्यास्रोपन मेटाउन, कोरियाको किम्हे, बुसान, मासान, छाङ्वन लगायत आसपास छरिएर बस्नुहुने दाजुभाई तथा दिदीबहिनीहरुको ब्यापक सहभागिता रहने अपेक्षा राख्दै नेपालीहरुबीच आपसी सहयोग, सद्भाव र भाईचारा अभिवृद्धि गर्ने उद्धेश्यले सो कार्यक्रम आयोजना गरिएको संस्थाकी अध्यक्ष विष्णु पाण्डेयले जानकारी दिईन् ।

"Together We Can" भन्ने मूल नारालाई अनुशरण गर्दै आईरहेको सन् २०१८ मा कोरियामा स्थापित Sisterhood Korea ले वर्षेनी नियमित कार्यक्रम अन्तर्गत हरितालिका तीज मनाउँदै आईरहेको सन्दर्भ उल्लेख गर्दै विभिन्न परोपकारी र सामाजिक कार्यमा संस्था अग्रसर भइरहेको सचिव स्मृति अधिकारीले बताईन् ।

सिस्टरहुड कोरियाले आयोजना गरेको हरितालिका तीज विशेष कार्यक्रम २०२६ लाई सभ्य र भब्य रुपमा सफल बनाउन कोरियामा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा आयोजकले गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ ।

तपसिल :

मिति : २०२६ सेप्टेम्बर ०६, आईतबार

समय : दिनको बिहान ११:०० देखि साँझ ०६:०० बजेसम्म

स्थान : किम्हे सिजाङ- न्यू लिटिल इन्डिया रेष्टुरेन्टको हल

प्रतिकृया दिनुहोस

कोरिया किम्हेमा छुसक डान्स पार्टी सेप्टेम्बर २५ मा हुने

कोरियाको राजधानी सउलमा सेप्टेम्बर २५ तारिक अर्थात् छुसकको पहिलो दोश्रो दिन छुसक Dance Party 2026 हुने भएको छ । न्यू भिजन ग्रुप दक्षिण कोरियाद्धारा किम्हेको

किम्हेमा सलनालको अवसरमा छ्याजलो सांगीतिक धमाकाबाट झण्डै २ करोड ६७ लाख कोरियन वोन वचत

कोरियाको दक्षिणी भेग किम्हे सहरमा गत कोरियन नयाँ वर्ष सलनालको अवसरमा आयोजित “छ्याजलो सांगीतिक धमाका २०२६” को आय व्यय सार्वजनिक भएको भएको छ

कोरियामा प्रथम पाल्पा रानीमहल भलिबल कपको उपाधी गुल्मी सम्पर्क समितिलाई

दक्षिण कोरियामा सम्पन्न प्रथम पाल्पा रानीमहल भलिबल कप–२०२६ को उपाधि गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले जितेको छ। नमस्ते पाल्पा परिवार दक्षिण