कोरियामा प्रथम पाल्पा रानीमहल भलिबल कपको उपाधी गुल्मी सम्पर्क समितिलाई
दक्षिण कोरियामा सम्पन्न प्रथम पाल्पा रानीमहल भलिबल कप–२०२६ को उपाधि गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले जितेको छ। नमस्ते पाल्पा परिवार दक्षिण कोरियाको आयोजनामा आइतबार सुवनमा सम्पन्न प्रतियोगिताको फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै गुल्मी सम्पर्क समितिले प्रथम स्थान हासिल गरेको हो । प्रतियोगितामा सुदूरपश्चिम समाज दक्षिण कोरिया उपविजेता बनेको छ भने स्याङ्जा र विश्वकर्मा टोलीले सान्त्वना स्थान हासिल गरेका छन् ।
उपाधिसँगै गुल्मी सम्पर्क समितिले २२ लाख वन नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। त्यस्तै उपविजेता सुदूरपश्चिम समाजले १२ लाख वन नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। सान्त्वना स्थान हासिल गरेका स्याङ्जा र विश्वकर्मा टोलीलाई ५ लाख ५० हजार वन नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कार प्रदान गरिएको थियो । उत्कृष्ट खेलाडीलाई १ लाख वन, उत्कृष्ट स्पाइकरलाई ५० हजार वन, उत्कृष्ट सेटरलाई ५० हजार वन, उत्कृष्ट डिफेन्डरलाई ५० हजार वन तथा उत्कृष्ट ब्लकरलाई ५० हजार वन नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
‘खेलकुदबाट एकता, एकता नै हाम्रो राष्ट्रियता’ भन्ने नारासहित आयोजित प्रतियोगिताले दक्षिण कोरियामा रहेका नेपाली समुदायलाई खेलकुदमार्फत एकताबद्ध बनाउनुका साथै आपसी भाइचारा, सद्भाव र सहकार्यलाई थप मजबुत बनाएको आयोजकको भनाइ छ ।
प्रतियोगितामा २८ टोलीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। खेलाडीहरूको प्रतिस्पर्धात्मक प्रदर्शनसँगै नेपाली दर्शकहरूको उल्लेख्य उपस्थितिले प्रतियोगितालाई थप रोचक बनाएको थियो ।
प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने नेपाल भलिबल संघ दक्षिण कोरिया, विभिन्न संघसंस्था, सहयोगी, खेलाडी, स्वयंसेवक तथा उपस्थित सम्पूर्ण दर्शकहरूलाई नमस्ते पाल्पा परिवार दक्षिण कोरियाले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ ।
आयोजकका अनुसार प्रतियोगिताले दक्षिण कोरियामा नेपाली समुदायबीच खेलकुदको माध्यमबाट सम्बन्ध विस्तार गर्ने र आपसी एकतालाई अझ बलियो बनाउने उद्देश्यमा महत्वपूर्ण योगदान पुर्याएको छ ।
सिस्टरहुड कोरियाले मौलिकतामा जोड दिदै सेप्टेम्बर ०६ मा हरितालिका तीज मनाउने
कोरिया स्थित किम्हे शहरमा रहेको नेपाली नारीहरुको संस्था सिस्टरहुड कोरियाले सेप्टेम्बर ०६ तारिक "हरितालिका तीज विशेष कार्यक्रम २०२६" आयोजना
कोरिया किम्हेमा छुसक डान्स पार्टी सेप्टेम्बर २५ मा हुने
कोरियाको राजधानी सउलमा सेप्टेम्बर २५ तारिक अर्थात् छुसकको पहिलो दोश्रो दिन छुसक Dance Party 2026 हुने भएको छ । न्यू भिजन ग्रुप दक्षिण कोरियाद्धारा किम्हेको
किम्हेमा सलनालको अवसरमा छ्याजलो सांगीतिक धमाकाबाट झण्डै २ करोड ६७ लाख कोरियन वोन वचत
कोरियाको दक्षिणी भेग किम्हे सहरमा गत कोरियन नयाँ वर्ष सलनालको अवसरमा आयोजित “छ्याजलो सांगीतिक धमाका २०२६” को आय व्यय सार्वजनिक भएको भएको छ










प्रतिकृया दिनुहोस