किम्हेमा सलनालको अवसरमा छ्याजलो सांगीतिक धमाकाबाट झण्डै २ करोड ६७ लाख कोरियन वोन वचत
कोरियाको दक्षिणी भेग किम्हे सहरमा गत कोरियन नयाँ वर्ष सलनालको अवसरमा आयोजित “छ्याजलो सांगीतिक धमाका २०२६” को आय व्यय सार्वजनिक भएको भएको छ । कार्यक्रमबाट २ करोड ६७ लाख ४७ हजार ७५ कोरियन वोन वचत भएको उक्त कार्यक्रम आयोजक शाखाका अध्यक्ष प्रवेश गुरुङले जानकारी गराएका छन् ।
कार्यक्रममा विभिन्न शिर्षकमा ५ करोड ८१ लाख ४ हजार ७ सय २५ कोरियन वोन आम्दानी भएकोमा ३ करोड १४ लाख ५७ हजार ६ सय ५० कोरियन वोन खर्च भएकाे सांस्कृतिक विभाग प्रमुख हेमन्त गुरुङले बताए । कार्यक्रमकाे उद्धेश्य अनुरुप चरणबद्ध रुपमा नेपालमा रहेकाअनाथ, असाहय बालबालिका सहयोग गरिने कार्यक्रम संयोजक गितासिंह गुरुङले थपे ।
यद्धपी केहि सहयोगीहरुले अझै पनि बोलकबुल सहयाेग रकम बाँकी रहेको र छिटो भन्दा छिटो रकम जम्मा गरी सहयाेग गर्नुहुन आयोजकले हार्दिक अपिल गरेको छ । तमु धीं केन्द्र सउल र तमु धीं थेगु शाखाको सह आयोजना रहेको उत्कृष्ट सांगीतिक प्याकेज “छ्याजलो सांगीतिक धमाका २०२६” मार्फत् मनोरञ्जनसँगै समाजसेवाको पाटोमा जोडिनुहुने कोरिया स्थित सम्पूर्ण संघसंस्था एवं नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा आर्थिक, नैतिक र भौतिक रुपमा सहयोग गर्नुहुने तमाम महानुभावहरुमा आयोजक संस्थाले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।
सिस्टरहुड कोरियाले मौलिकतामा जोड दिदै सेप्टेम्बर ०६ मा हरितालिका तीज मनाउने
कोरिया स्थित किम्हे शहरमा रहेको नेपाली नारीहरुको संस्था सिस्टरहुड कोरियाले सेप्टेम्बर ०६ तारिक "हरितालिका तीज विशेष कार्यक्रम २०२६" आयोजना
कोरिया किम्हेमा छुसक डान्स पार्टी सेप्टेम्बर २५ मा हुने
कोरियाको राजधानी सउलमा सेप्टेम्बर २५ तारिक अर्थात् छुसकको पहिलो दोश्रो दिन छुसक Dance Party 2026 हुने भएको छ । न्यू भिजन ग्रुप दक्षिण कोरियाद्धारा किम्हेको
कोरियामा प्रथम पाल्पा रानीमहल भलिबल कपको उपाधी गुल्मी सम्पर्क समितिलाई
दक्षिण कोरियामा सम्पन्न प्रथम पाल्पा रानीमहल भलिबल कप–२०२६ को उपाधि गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले जितेको छ। नमस्ते पाल्पा परिवार दक्षिण










प्रतिकृया दिनुहोस