कालीगण्डकी समाज कोरियाले आउँदो जूलाई ११ र १२ तारिक रमाईलो बनभोज कार्यक्रम आयोजना गर्ने
कोरिया स्थित कालीगण्डकी समाजले आउँदो जूलाई महिनाको ११ र १२ तारिक दुई दिने "रमाईलो बनभोज कार्यक्रम २०२६" आयोजना गर्ने भएको छ । संस्थाले विशेष आर्कषणको साथमा
मनोरञ्जनात्मक स्याङ्जाली रोइला, नृत्य प्रस्तुति, लोक दोहोरी, खेलकूद तथा सांस्कृतिक कार्यक्रम सहित [겨기도 용인시 처인구 양지읍 죽양대로 2071 번길 26-11 에코그린 타운] मा सो कार्यक्रमको आयोजना गर्ने तय गरेको हो ।
कोरियामा रहेर विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा आबद्ध नेपाली दाजुभाई तथा दिदीबहिनीहरु विचको आत्मीयता र एकता अभिबृद्धि गर्ने अभिप्रायले उक्त बनभोज कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष केपी न्याैपानेले जानकारी दिए ।
संस्थालाई थप चलायमान गराउनुका साथै वर्षेनी नियमित कार्यक्रमको रुपमा आयोजना गर्दै आईरहेको बनभोज कार्यक्रमलाई निरन्तरता दिँदै यसपटकको कार्यक्रम पनि मनोरम दृश्य अवलोकनसँगै सुविधा सम्पन्न बनभोज स्थल छनौट गरिएकोले ब्यापक सहभागिता हुने आयोजक समाजका संरक्षक राजेश पाण्डेयले विश्वास व्यक्त गरे ।
कालीगण्डकी समाज दक्षिण कोरियाद्धारा आयोजना हुने उक्त रमाईलो बनभोज २०२६ मा सहभागी शुल्क स्वरुप पुरुषलाई १ लाख, महिलालाई ८० हजार र जोडी (Couple) प्याकेजको रुपमा १ लाख ७० हजार कोरियन वोन निर्धारण गरिएको र सुवनबाट निःशुल्क बसको यातायातको व्यवस्था समेत रहेको समाजका पूर्वाध्यक्ष विजय थापाले जानकारी दिए । उक्त कार्यक्रममा सहभागिता जनाई सफल बनाइदिनुहुन हार्दिक अपिलका साथै ब्यानरमा उल्लेखित सम्बन्धित व्यक्तिहरुलाई यथाशीघ्र नाम टिपाई आफ्नो सीट सुरक्षित गर्नुहुन ईच्छुक सम्पूर्णमा आयोजकले अनुरोध समेत गरेको छ ।
कार्यक्रम तपसिल :
मिति : २०२६ जूलाई ११ र १२ तारिक
स्थान : [겨기도 용인시 처인구 양지읍 죽양대로 2071 번길 26-11 에코그린 타운]
न्यूनतम शुल्क :- पुरुष :- १ लाख कोरियन वोन
महिला :- ८० हजार कोरियन वोन
पारिवारिक सहभागिता:- १ लाख ७० हजार कोरियन वोन
रकम जम्मा गर्नुपर्ने खाता
PANDEY HARI PRASAD
NH Bank(011)
33891045416907
(रकम जम्मा गरिसकेपछि अनिवार्य जानकारी गराउनुहोला । )
सम्पर्क व्यक्ति र फोन नम्बर :
के.पी. न्यौपाने 01080729388
राजेश पाण्डेय 01056599669
विजय थापा 01037855450
मणिदेब पाण्डेय 01058534059
ह्यारी बोन्ड 01064652155
नारायण न्यौपाने 01022274509
झरन राना मगर 01082372156
सिस्टरहुड कोरियाले मौलिकतामा जोड दिदै सेप्टेम्बर ०६ मा हरितालिका तीज मनाउने
कोरिया स्थित किम्हे शहरमा रहेको नेपाली नारीहरुको संस्था सिस्टरहुड कोरियाले सेप्टेम्बर ०६ तारिक "हरितालिका तीज विशेष कार्यक्रम २०२६" आयोजना
कोरिया किम्हेमा छुसक डान्स पार्टी सेप्टेम्बर २५ मा हुने
कोरियाको राजधानी सउलमा सेप्टेम्बर २५ तारिक अर्थात् छुसकको पहिलो दोश्रो दिन छुसक Dance Party 2026 हुने भएको छ । न्यू भिजन ग्रुप दक्षिण कोरियाद्धारा किम्हेको
किम्हेमा सलनालको अवसरमा छ्याजलो सांगीतिक धमाकाबाट झण्डै २ करोड ६७ लाख कोरियन वोन वचत
कोरियाको दक्षिणी भेग किम्हे सहरमा गत कोरियन नयाँ वर्ष सलनालको अवसरमा आयोजित “छ्याजलो सांगीतिक धमाका २०२६” को आय व्यय सार्वजनिक भएको भएको छ










प्रतिकृया दिनुहोस