कोरियाको वन्जुमा समर क्याम्प पिकनिक २०२७ आउँदो जुलाई १८ र १९ मा हुने
कोरियामा स्थापित स्याङ्जा भिरकोट आर्थर तमु समाजले गर्मी विदाको अवसर पारेर वार्षिक रुपमा आयोजना गर्दै आईरहेको कार्यक्रम यस वर्ष पनि यही जुलाई १८ र १९ तारिक दुई दिने "समर क्याम्प पिकनिक २०२६" आयोजना गर्ने भएको छ ।
खाङ्वन्दोको वन्जु स्थित सुविधा सम्पन्न फेन्सन (원주시 장지길 125-7 (지정면 판대리727) मा उक्त कार्यक्रम अन्तर्गत विविध मनोरञ्जनात्मक साँस्कृतिक, खेलकुद कार्यक्रम सहित मिष्ठान्न नेपाली परिकारहरुको साथमा प्रवासमा भएपनि अपनत्वको अनुभूति दिलाउँदै संस्थालाई गतिशील र चलायमान गराउने र एक आपसको सम्बन्ध अझ मझबुत बनाउने उद्धेश्यले सो कार्यक्रम आयोजना गरिएको समाजमा अध्यक्ष तोरन गुरुङले जानकारी गराएका छन् ।
"आत्मीय सद्भाव, अनुशासन र गतिशीलता, मानवीय सहयोग गर्नु हाम्रो अभिभारा" भन्ने मूल नारालाई अनुशरण गर्दै सन् २०१५ मा स्थापित समाजले धेरै उदाहरणीय कार्यमा अग्रसरता देखाइरहेको सन्दर्भ उल्लेख गर्दै प्रवासको बसाईलाई अविष्मरणीय बनाउन सहभागिताको निम्ति ईच्छुक सम्पूर्णलाई सहभागिताको लागि कार्यक्रम संयोजक मनोज गुरुङले आग्रह गरेका छन् ।
सउलको दोङ्देमुन स्टेशन मेट्रो ट्रेन ४ नम्बर गेटबाट जूलाई १८ तारिक साँझ ७ बजे कार्यक्रम स्थलको प्रस्थानमा बस छुट्ने जानकारी दिँदै कार्यक्रमको मुख्य आकर्षणहरुमा विभिन्न सुन्दर मनोरम दृश्य अवलोकन सँगै फ्रेण्डसिप भलिबल र हाइकिङ् मुख्य आकर्षण रहने समाजका सचिव कृष्ण गुरुङले बताए । उक्त "समर क्याम्प पिकनिक २०२६" कार्यक्रममा सहभागी ईच्छुक महानुभावहरुले समाजका सम्बन्धित व्यक्तिहरुलाई आफ्नो सिट सुरक्षित गर्नुहुन अनुरोध गर्दै सहभागिताका लागि हार्दिक अनुरोध समेत गरेको छ ।
थप जानकारी र सहभागिताको लागि
कार्यक्रम संयोजक (मनोज गुरुङ): 01073599621
सह-संयोजक (विजय गुरुङ): 01074961494
अध्यक्ष (तोरन गुरुङ): 01080952339
वरिष्ठ उपाध्यक्ष (नुतन गुरुङ): 01096779408
उपाध्यक्ष (सेकेन्द्र गुरुङ): 01096739961
सचिव (कृष्ण गुरुङ): 01073038546
कोषाध्यक्ष (बसन्त गुरुङ) : 01083677058
कोरियामा प्रथम पाल्पा रानीमहल भलिबल कपको उपाधी गुल्मी सम्पर्क समितिलाई
दक्षिण कोरियामा सम्पन्न प्रथम पाल्पा रानीमहल भलिबल कप–२०२६ को उपाधि गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले जितेको छ। नमस्ते पाल्पा परिवार दक्षिण
३६ टीममा च्याम्पियन बन्दै वन्जु मुन्माक एफसी ४० लाख कोरियन वोन सहित पुरस्कृत
कोरिया स्थित छनान् खेलमैदानमा तमु धीं दक्षिण कोरियाद्धारा आयोजित "वरिष्ठ संगीतकार स्व.अम्बर गुरुङ स्मृति कप २०२६" को उपाधी वन्जु मुन्माक फूटबल
कालीगण्डकी समाज कोरियाले आउँदो जूलाई ११ र १२ तारिक रमाईलो बनभोज कार्यक्रम आयोजना गर्ने
कोरिया स्थित कालीगण्डकी समाजले आउँदो जूलाई महिनाको ११ र १२ तारिक दुई दिने "रमाईलो बनभोज कार्यक्रम २०२६" आयोजना गर्ने भएको छ । संस्थाले विशेष










प्रतिकृया दिनुहोस