स्याङ्जा समाज दक्षिण कोरियाले रात्रीभोज सँगै केन्द्रीय अधिवेशन अगष्ट २२ र २३ मा आयोजना गर्ने

केही वर्ष अघि मात्रै धूमधामका साथ रजत जयन्ती मनाईसकेको कोरिया स्थित गौरवमय क्षेत्रीय संस्था स्याङ्जा समाजको चौधौं केन्द्रीय अधिवेशन अगष्ट २२ र २३ तारिकमा हुने भएकाे छ । संस्थाले आधिकारिक रुपमा अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै सउल स्थित (숲속에바다(월벽타운) 서울 강북구 삼양로181길 194-19) को सभाहलमा सो अधिवेशन हुने भएकाे हो ।

सन् १९९७ मा स्थापना भएको "स्याङ्जाली एकता उपकारी मन, सद्भावसँगै बिताऔं परदेशी जीवन" भन्ने मूल नारालाई अनुशरण गर्दै आइरहेको संस्थाले स्याङ्जा जिल्लाबाट विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा कोरियामा रहेका स्याङ्जालीहरुलाई आबद्ध गराउँदै विभिन्न परोपकारी र सामाजिक क्रियाकलापमा सक्रिय रहँदै आएको सोही संस्थाको केन्द्रीय अध्यक्ष सुशील गुरुङले बताए । कोरियामा आफ्नो दुई शाखाहरु विस्तार गरिसकेको र एक दशक भन्दा धेरै समय स्याङ्जा घर "सेल्टर" स्थापना गर्दै सेवा प्रदान गरिरहेको सन्दर्भ केन्द्रीय सचिव टोजिन्द्र गुरुङले थपे । स्याङ्जा समाजले विशेषत: कोरियामा रहेका स्याङ्जाली र समग्र नेपालीहरु मात्रै नभएर आफ्नै गृह जिल्लाको विकास र हितको निमित्त थुप्रै परोपकारी कार्यमा अग्रसर रहँदै गृहजिल्लामा दुईवटा एम्बुलेन्स भ्यान समेत भित्र्याईसकेको संस्थाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष माधव अर्यालले स्पष्ट पारे ।

यसपटक संस्थाले अधिवेशनलाई नयाँपन र फरक ढंगले अधिवेशन गर्दै कोरियाकाे अति सुन्दर बुखान पहाड (북한산) को अवलोकन सहित रात्रीभोजको आयोजना गरेको हुनाले कार्यक्रम थप आकर्षक हुने भएकोले कोरियामा रहनुहुने उक्त चौधौं अधिवेशनलाई सभ्य र भब्य रुपमा सफल बनाउन संस्था सम्बद्ध सल्लाहकार, बुद्विजीवी, शुभचिन्तक, समस्त सदस्यहरु, नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई आयोजक स्याङ्जा समाज दक्षिण कोरियाले गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ ।

तपसिल :

मिति  : २०२६ अगष्ट २२ र २३ तारिक

समय : बेलुका ठिक ०८:०० बजे 

स्थान : [(숲속에바다(월벽타운) 서울 강북구 삼양로181길 194

-19]

 

प्रतिकृया दिनुहोस

सिस्टरहुड कोरियाले मौलिकतामा जोड दिदै सेप्टेम्बर ०६ मा हरितालिका तीज मनाउने

कोरिया स्थित किम्हे शहरमा रहेको नेपाली नारीहरुको संस्था सिस्टरहुड कोरियाले सेप्टेम्बर ०६ तारिक "हरितालिका तीज विशेष कार्यक्रम २०२६" आयोजना

कोरिया किम्हेमा छुसक डान्स पार्टी सेप्टेम्बर २५ मा हुने

कोरियाको राजधानी सउलमा सेप्टेम्बर २५ तारिक अर्थात् छुसकको पहिलो दोश्रो दिन छुसक Dance Party 2026 हुने भएको छ । न्यू भिजन ग्रुप दक्षिण कोरियाद्धारा किम्हेको

किम्हेमा सलनालको अवसरमा छ्याजलो सांगीतिक धमाकाबाट झण्डै २ करोड ६७ लाख कोरियन वोन वचत

कोरियाको दक्षिणी भेग किम्हे सहरमा गत कोरियन नयाँ वर्ष सलनालको अवसरमा आयोजित “छ्याजलो सांगीतिक धमाका २०२६” को आय व्यय सार्वजनिक भएको भएको छ