स्याङ्जा समाज थेगु शाखाको पाँचौं अधिवेशनबाट गोबिन्द गुरुङ नेतृत्वको कार्यसमिति चयन

दक्षिण कोरियामा रहेको क्षेत्रीय संस्था स्याङ्जा समाज दक्षिण कोरिया थेगु शाखाको पाँचौं अधिवेशन सम्पन्न भएको छ । थेगु स्थित नेपाल साराङ् रेष्टुरेन्टको सभा हलमा भएको उक्त अधिवेशनबाट संस्थाका कार्यवाहक अध्यक्ष मिलन राना मगरको सभाध्यक्ष सोही संस्थाको केन्द्रीय अध्यक्ष सुशील गुरुङको प्रमुख आतिथ्यतामा सो अधिवेशन सम्पन्न भएको हो ।

संस्थाको उपाध्यक्ष निर्मल बिरकट्टा मगरको स्वागत मन्तव्य सँगै शुरु भएको उक्त अधिवेशनमा संस्थाका कार्यवाहक सचिव प्रकाश सारु मगरले प्रगति प्रतिवेदन र आर्थिक आयव्यय विवरण संस्थाका कोषाध्यक्ष गोबिन्द गुरुङले प्रस्तुत गरेका थिए । केन्द्रीय अध्यक्ष सुशील गुरुङले परदेशी भूमिमा स्याङ्जालीको एकताले हरेक सुख दुःखमा आत्मीय सम्बन्ध कायम गर्दै विभिन्न सामाजिक क्रियाकलापमा उत्तिकै सक्रिय यस शाखा संस्थाले विगत केही समय देखि थेगुमा गरिरहेको विभिन्न कार्यक्रमको प्रसङ्ग उल्लेख गर्दै खुशी व्यक्त गरेका थिए ।

"स्याङ्जाली एकता उपकारी मन, सद्भावसँगै बिताऔं परदेशी जीवन" भन्ने मूल नारालाई अनुशरण गर्दै आईरहेको सन् २०१७ मा स्थापित स्याङ्जा समाज थेगु शाखाको पाँचौं अधिवेशनमा विशेष अतिथिहरुमा स्याङ्जा समाज बुसान किम्हेका अध्यक्ष रमेश काफ्ले, सोही संस्थाका पूर्व अध्यक्षहरु कमल अर्याल र आशिष रानाभाट, केन्द्रीय सचिव टोजिन्द्र गुरुङ लगायत बिभिन्न संघसंस्था सम्बद्ध व्यक्तित्वहरुले अधिवेशनमा उपस्थिति जनाएका थिए ।

बन्द सत्रमा निर्वाचन संयोजक संस्थाका केन्द्रीय अध्यक्ष सुशील गुरुङ संयोजकत्व रहने गरि बनेको निर्वाचन मण्डलले निर्वाचन सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्दै नव गठित कार्यसमितिलाई सपथ ग्रहण गराएका थिए । स्याङ्जा समाज थेगु शाखाको पाँचौं अधिवेशनबाट नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

अध्यक्ष : गोविन्द गुरुङ

वरिष्ठ उपाध्यक्ष: निर्मल बिरकट्टा मगर

उपाध्यक्ष : रुबिन रेग्मी

उपाध्यक्ष : कृष्ण भट्टराई

महिला उपाध्यक्ष : लालिमाया राना मगर

सचिव : प्रकाश सारु

सहसचिव : वासुदेव पाठक

कोषाध्यक्ष : अनिल वराल

सह कोषाध्यक्ष : विजय कुँवर

सदस्यहरु:

मनोज सारु

शर्मिला राना मगर

सविना सोमै मगर

मिना अधिकारी पौडेल

मोहन सुनार

केशर ब. खत्री

रुपक पोखरेल

हिरा थापा

रो

हित भण्डारी

कमल भण्डारी

 

 

 

प्रतिकृया दिनुहोस

सिस्टरहुड कोरियाले मौलिकतामा जोड दिदै सेप्टेम्बर ०६ मा हरितालिका तीज मनाउने

कोरिया स्थित किम्हे शहरमा रहेको नेपाली नारीहरुको संस्था सिस्टरहुड कोरियाले सेप्टेम्बर ०६ तारिक "हरितालिका तीज विशेष कार्यक्रम २०२६" आयोजना

कोरिया किम्हेमा छुसक डान्स पार्टी सेप्टेम्बर २५ मा हुने

कोरियाको राजधानी सउलमा सेप्टेम्बर २५ तारिक अर्थात् छुसकको पहिलो दोश्रो दिन छुसक Dance Party 2026 हुने भएको छ । न्यू भिजन ग्रुप दक्षिण कोरियाद्धारा किम्हेको

किम्हेमा सलनालको अवसरमा छ्याजलो सांगीतिक धमाकाबाट झण्डै २ करोड ६७ लाख कोरियन वोन वचत

कोरियाको दक्षिणी भेग किम्हे सहरमा गत कोरियन नयाँ वर्ष सलनालको अवसरमा आयोजित “छ्याजलो सांगीतिक धमाका २०२६” को आय व्यय सार्वजनिक भएको भएको छ