छैठौं संस्करणको "छेजुदो भ्रमण" ब्यापक सहभागिताका साथ सम्पन्न
दक्षिण कोरिया स्थित मिर्याङ्ग नेपाली समाजले कोरियन पर्व छुसकको अवसर पारेर "छैठौं छेजुदो भ्रमण" कार्यक्रम सम्पन्न गरेको छ । यही सेप्टेम्बरको गत २८ देखि ३० तारिकसम्म रहने गरी तीन दिने उक्त भ्रमण कार्यक्रम आयोजना गरिएको हो ।
सउलको दोङ्देमुन, किम्हे/ बुसान थेगु र मोक्पोबाट २ सय ४७ जना उक्त भ्रमणमा सहभागी रहेका थिए । जाने बेला मोक्पोसम्म बस र मोक्पोबाट छेजुदो सम्म पानीजहाजको व्यवस्था रहेको थियो भने र फर्किने बेला छेजुदोबाट सोही मोक्पो बन्दरगाहसम्म पानीजहाज र त्यसपछि सम्बन्धित गन्तव्यसम्म बसको व्यवस्था गरिएको समाजका संरक्षक सागर पोख्रेलले जानकारी दिए ।
यो पटकको छेजुदो भ्रमण समाजको छैठौं संस्करण अन्तर्गत रहेको र अहिलेसम्मकै ठूलो संख्याको सहभागिता रहेको बताउँदै ब्यापक र उपलब्धिमूलक भ्रमण रहेको अध्यक्ष साजन थापाले स्पष्ट पारे । छेजुदो जाने आउने, भ्रमणको क्रममा सम्पूर्ण प्रवेश शुल्क आयोजकले व्यहोर्ने व्यवस्था, नि:शुल्क दिनको ३ पटक खानाको व्यवस्था र जोडी (कपल) को लागि छुट्टै रुम तथा इन्स्योरेन्स समेत लगायतको सम्पूर्ण सुविधा प्याकेजमै समावेश गरिएको र प्रत्येक बसमा आयोजकको प्रतिनिधि उपस्थित भएर भ्रमणमा सहभागी हुने सबैलाई सहज भएको संस्थाका निर्वतमान अध्यक्ष तथा प्रमुख सल्लाहकार मिलन तामाङले बताए ।
छेजुदो पुगेर पनि समूह वर्गीकरण गरेर प्रक्रियागत र सौहार्दपूर्ण वातावरणमा प्याकेजमा उल्लेखित सबै स्थानमा भ्रमण कार्यक्रम सम्पन्न गरेकोले पनि आयोजक संस्थाप्रति सहभागीहरु सन्तुष्ट भएको संस्थाको वरिष्ठ उपाध्यक्ष असिम पुन मगरले दावी गरे भने कोरियामा एकमात्र छेजुदो घुमाउने संस्था मिर्याङ्ग नेपाली समाज भएको बताउँदै यसले नाफामुखी भन्दा पनि भ्रमणमार्फत् नयाँ ठाउँको अवलोकन गराउने र नेपालीहरु विचको आत्मियता थप गर्न समाज केन्द्रित रहँदै आएको जिकिर सचिव रसिक पाण्डेयले गरे ।
समाजले व्यवस्थापकीय पक्षमा केही त्रुटी र कमीकमजोरी वा असुविधा हुन पुगेमा सहभागीहरु समक्ष क्षमा माग्दै रचनात्मक र सकारात्मक राय सुझावको अपेक्षा सहित आउँदो दिनहरुमा सुधार्दै लैजाने प्रतिबद्धता जनाएको छ । भ्रमण सफल बनाउन सहभागिता जनाउनुहुने, आर्थिक, नैतिक र सहजीकरण गर्नुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा आयोजक संस्थाले हार्दिक धन्यवाद र आभार व्यक्त गरेको छ ।
सन् २०२६ सिजनभरी कोरियामा हुने भलिबल प्रतियोगिताहरु [आयोजक संस्था र मिति सहित]
प्रत्येक वर्ष कोरियामा नेपाली समुदायविच हुने भलिबल प्रतियोगिताहरुलाई पारदर्शी र व्यवस्थित ढंगले सम्पन्न गराउँदै आइरहेको नेपाल कोरिया भलिबल संघ
कोरियाबाट सन्तोष गुरुङको सम्बन्ध कस्तो कस्तो सार्वजनिक
नेपाली आधुनिक विधा अन्तर्गत गीत लेखनमा शानदार डेब्यु गर्दै सन्तोष गुरुङले "सम्बन्ध कस्तो कस्तो" बजारमा ल्याएका छन् । विशेष गरी नेपाली आधुनिक
गोपीकृष्ण राई र सुस्मिता गुरुङ अभिनित झम्के साँझैमा सांगीतिक कोसेली सार्वजनिक
कोरियामा रहेका गोपीकृष्ण राईले रुबिन र्यापरले गीतसंगीत क्षेत्रमा मेलोडी गीत सांगीतिक कोसेली झम्के साँझैमा बजारमा ल्याएका छन् । प्रेमील शब्दहरु










प्रतिकृया दिनुहोस