कोरिया स्याङ्जा परिवार बुसान किम्हे शाखाबाट आफ्नो गृह जिल्लाभित्रका विद्यालयहरुलाई करिब १४ लाख रुपैयाँ बराबरको सहयोग
स्याङ्जाका १६ वटा सरकारी तथा सामुदायिक विद्यालयहरु लाभान्वित
कोरियामा स्थापित स्याङ्जा परिवार किम्हे बुसान शाखाद्धारा आफ्नो गृह जिल्लाभित्र विभिन्न भेगका १६ वटा सरकारी तथा सामुदायिकविद्यालयहरुलाई करिब १४ लाख रुपैयाँ बराबरको सहयोग प्रदान गरिएको छ । गत कोरियन नयाँ वर्ष सलनाल २०२४ को अवसरमा किम्हे स्थितको सुविधा सम्पन्न Eunseok Cultural and Walfare हलमा नेपालबाट चर्चित राष्ट्रिय कलाकारहरु आमन्त्रण गरी "स्याङ्जा बुसान सांगीतिक धमाका २०२४" आयोजना गरी परदेशीको हातेमालो, ग्रामीण शिक्षामा उज्यालो भन्ने कार्यक्रम नारा अनुसार नै प्राप्त मुनाफा रकमबाट कार्यक्रमको उद्धेश्य अनुरुप योजना कार्यान्वयन गरिएको संस्थाका अध्यक्ष आशिष रानाभाटले जानकारी दिए ।
"परदेशीको हातेमालो, ग्रामीण शिक्षामा उज्यालो" भन्ने मूल नारासँगै किम्हे स्थितको सुविधा सम्पन्न Eunseok Cultural and Walfare हलमा स्थानीय कलाकारहरु र नेपालबाट आमन्त्रित राष्ट्रिय कलाकारहरुको साथमा सभ्य र भव्य रुपमा सम्पन्न भएको बताउँदै संस्थाको बृहत बैठकले कार्यक्रमको उद्धेश्य अनुरुप योजनाहरु तर्जुमा भएको संस्थाका निवर्तमान अध्यक्ष कमल अर्यालले बताए ।
सहयोग प्रदान गरिएका विद्यालयहरुले आफ्नो आवश्यकता अनुसार अक्षय कोष स्थापना, कक्षा कोठा व्यवस्थापन, टेलिभिजन, प्रोजेक्टर, खेलकूद सामाग्री खरिद, दराज तथा अन्य शैक्षिक सामाग्रीहरु जुटाउने र पूर्णतया शिक्षण सिकाईलाई प्रत्यक्ष प्रभाव गर्ने र विद्यार्थी लाभान्वित हुने गरी सहयोग गरिएको संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र प्रसाद लामिछानेले बताए । यसरी कोरियामा भएका अन्य संघ संस्थाहरुसँग सहकार्य गर्दै हरेक स्याङ्जाली मात्र नभएर भएको अन्य नेपालीहरुको सुख दुःखमा सारथी बन्दै परोपकारी तथा सामाजिक कार्यमा संस्था निरन्तर अगाडी बढिरहेको सन्दर्भ संस्थाका संरक्षक सागर पोख्रेलले थपे ।
सहयोग प्राप्त विद्यालयहरुमा भानु मा.वि. (चापाकोट १) ले 306,000 कोरियन वोन, ज्ञानोदय मा.वि (गल्याङ् ९) ले 1,339,000 कोरियन वोन, सरस्वती आधारभुत विद्यालय (अर्जुनचौपारी ३ आग्रीखर्क) ले 1,339,000 कोरियन वोन, राधा दामोदर मा.वि. (चापाकोट ७, साँखर) ले 735,000 कोरियन वोन, राष्ट्रिय मा.वि. (आधिखोला- ३) ले 1,245,000 कोरियन वोन, भद्र नारायण मा.वि फेदिखोलाले 13,52,000 कोरियन वोन, महिमा मा.वि. (हरिनास २ चिसापानी) ले 5,25,000 कोरियन वोन, जेठी कन्या आधारभुत विद्यालय (वालिङ् - ४) ले 5,15,000 कोरियन वोन, जन मा. वि. (अर्जुनचौपारी ४ रापाकोट) ले 13,39,000 कोरियन वोन, कन्या आधारभूत विद्यालय आरुपाटाले 7,17000 कोरियन वोन, कालिका आधारभुत विद्यालय (वालिङ् ५) ले 710,000 कोरियन वोन, वाल ज्योती आधारभुत विद्यालय कालिगण्डकी गा.पा. ले 7,28,000 कोरियन वोन, विश्व ज्योती आधारभुत विद्यालय पुतलीबजार न.पा. ले 525,000 कोरियन वोन, भविष्य मा.वि. (विरुवा ४ ओरस्टे)ले 525,000 कोरियन वोन, राष्ट्रिय मा.वि. (गल्याङ् - ७) ले 1,365,000 कोरियन वोन र जनहित मा.वि. (आँधीखोला १ पञ्चमूल) ले 7,35,000 कोरियन वोन रहेको संस्थाका सचिव रसिक पाण्डेयले जानकारी दिएका छन् ।
स्याङ्जा परिवारसँग आबद्ध तथा हाल स्वदेश फिर्ता भएर आफ्नो सामाजिक जीवन व्यतित गरिरहेका संस्था सम्बद्ध अग्रज व्यक्तित्वहरु रिटर्निज कोरिया स्याङ्जा परिवार नेपालका संस्थापक अध्यक्ष धर्म गुरुङ, स्याङ्जा किम्हे बुसान शाखाका पूर्व अध्यक्ष जीवलाल काफ्ले, कोरियामा लामो समय रहेर स्याङ्जा परिवारका योगदान दिएका नवराज वाग्ले, हिमानी गुरुङ, बिपना गुरुङ, रमेश भट्टराई, प्रकाश लामिछाने, हिरण्यराज लामिछाने लगायतका व्यक्तित्वहरुले व्यस्त समयको बावजूद विभिन्न विद्यालयहरू सहयोग हस्तान्तरण कार्यक्रममा महत्वपूर्ण योगदान दिए बापत आयोजक संस्था स्याङ्जा परिवार किम्हे बुसान शाखा कोरियास्थित स्याङ्जा परिवार केन्द्र, स्याङ्जा परिवार थेगु शाखा र विभिन्न सङ्घ संस्था तथा शुभचिन्तकहरुमा हार्दिक धन्यवाद व्यक्त गरेको छ ।
किम्हेमा सलनालको अवसरमा छ्याजलो सांगीतिक धमाकाबाट झण्डै २ करोड ६७ लाख कोरियन वोन वचत
कोरियाको दक्षिणी भेग किम्हे सहरमा गत कोरियन नयाँ वर्ष सलनालको अवसरमा आयोजित “छ्याजलो सांगीतिक धमाका २०२६” को आय व्यय सार्वजनिक भएको भएको छ
स्याङ्जामा एसईई परीक्षा सर्वोत्कृष्ट छात्राछात्रहरुलाई सम्मान कार्यक्रम सम्पन्न
स्याङ्जा समाज दक्षिण कोरियाको आयोजनामा तथा रिटर्निज कोरिया स्याङ्जा समाज नेपालको सहकार्यमा सामुदायिक विद्यालयबाट २०८२ एसईई परीक्षामा उत्कृष्ट
कोरियामा NRNA ले नेपाली समुदाय लक्षित सचेतना तथा मनोपरामर्श कार्यक्रम आउँदो जून २१ मा गर्ने
गैर आवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाले काेरियामा रहेका श्रमिक, विद्यार्थीलाई लक्षित गर्दै सचेतना एवं मनोपरामर्श










प्रतिकृया दिनुहोस